टीभीएस अपाची RTR 200-4V मा हुँदैछ यस्तो परिवर्तन

टीभीएसको अपाची आरटीआर २०० फोर भी मोटरसाइकलमा फुल एलइडी हेडल्याम्प लगाइएको छ । नेपाली बजारमा समेत बिक्री वितरण हुँदै आइरहेको यस मोटरसाइकलमा कम्पनीले नयाँ विशेषता थप गरेको हो । 

कम्पनीले यसमा उपलब्ध इन्जिनलाई पनि परिवर्तन गर्न सुरु गरिसकेको जनाएको छ । जसलाई बीएस–६ मापदन्ड अनुरुप परिमार्जन गरेको छ । परिमार्जित टीभीएस अपाची आरटीआर–२०० फोरभीको बिक्री २०२० बाट सुरु हुने कम्पनीले जनाएको छ । 

कम्पनीले एक वर्ष अगाडि यस मोडलमा स्लिपर क्लच दिएको थियो । हाल, नयाँ एलइडी हेडल्याम्प र इन्जिनसहित आउने यस माटरसाइकलको मूल्य पुरानोका भन्दा केही बढ्ने अनुमान गरिएको छ । मोटरसाइकलमा फोर भल्भ, कार्बुरेटर इन्जिन लगाइएको छ । 

यसले ८ हजार ५ सय आरपीएममा २०.२ बीएचपी पावरका साथै ७ हजार आरपीएममा १८.१ एनएम टर्क उत्पादन गर्छ । यसमा आयल कुलरसँगै र्याम एयर असिस्टको विशेषता दिइएको छ भने ५ स्पीड गियरबक्ससँगै  एआरटी स्लिपर क्लच लगाइएको छ । 

यसमा  फ्युल गेज, पिलिन ग्राबेल, इन्जिन किल स्विच, घडी, डिजिटल ट्रिप मिटर, ट्रिप मिटर र पास लाइट जस्ता अत्याधुनिक फिचर दिइएको छ । नेपाली बजारमा टीभीएस अपाचे आरटीआर २००, ४ भी को मूल्य ३ लाख २५ हजार रहेको छ ।


Back_to_top