यामाहा आर-१५ भी३ लाई टक्कर दिन अप्रिलियाकाे नयाँ बाइक

Not found

पियाजियोका सीइओ डिएगो ग्राफिले हालै एक अन्तर्वार्तामा भारतीय बजारलाई मध्यनजर गर्दै अप्रिलिया १५० सीसी क्षमताका बाइक भारतमै उत्पादन गर्ने बताएका छन्। अहिलेसम्म भारतमा सबै किसिमका अप्रिलियाका बाइक आयात गर्दै आएको कम्पनीले ५०० सीसीभन्दा कम क्षमताका बाइक भारतमै बनाउने भएको हो भने त्यो भन्दा माथिका बाइक भने आयात गर्ने योजना बनाएको छ । 

पछिल्लो समय भारतीय बजारमा दुई पाङ्ग्रे सवारीसाधनको माग निकै बढ्दै गएको भन्दै कम्पनीले भारतमा नै कम सीसी क्षमताका बाइक उत्पादन गर्न लागेको ग्राफिले जानकारी दिएका हुन् । 

ग्राफिका अनुसार अप्रिलिया १५० सीसी सेग्मेन्टका बाइक भारतीय बजारमा सन् २०२० भित्रै सार्वजनिक हुनेछ । यसै अनुृरुप १५० सीसी सेग्मेन्टमा दुई बाइक निर्माण भइरहेको उनले जानकारी दिए । टुनो १५० र आरएस १५० बाइकमा समान १५० सीसी सिगंल सिलिन्डर, लिक्वीड कुल्ड, फोर भल्भ, एफआइ इन्जिन दिइने छ । 

यी दुवै मोडलमा ६ स्पीडको गियर बक्स रहने छ भने, यूएसडी र्फक दिइने कम्पनीले जनाएको छ । यो बाइकले १० हजार आरपीएममा १८ बीएचपी पावर तथा ७ हजार ५ सय आरपीएममा १४ एनएम टर्क जेनेरेट गर्छ । 

डबल च्यानल एबिएससहित विशेषतामा यो बाइक बजारमा आउने छ । आरएस १५० स्र्पोटस् मोडलमा आउने छ भने टुनो सेमी फियर मोडलमा आउने छ । 

आरएस १५० ले यमाहा आर१५ भी ३ सँग प्रतिस्पर्धा गर्छ भने टुनोले यामाहा एफजेड, सुजुकी जिक्सर टीभीएस १६०, ४ भी जस्ता बाइकसँग प्रतिस्पर्धा गर्नेछ ।

अहिले अप्रिलियाका प्रिमियम स्कुटरहरु बजारमा लोकप्रिय रहेका छन् । नेपाली बजारमा पनि अप्रिलियाको उत्पादनहरु निकै चर्चित रहेका छन् । भारतीय बजारमा उत्पादनसँगै ति उत्पादनहरु नेपाली बजारमा पनि आउने छन् । 



image not found