अशोक लेल्याण्ड र आइसीएफसी फाइनान्सबीच सम्झौता, ७० प्रतिशतसम्म कर्जा सुविधा

Not found

काठमाडौं । आईएमई ग्रुप अन्तर्गतको आइएमई मोटर्सको अशोक लेल्याण्ड र आइसिएफसि फाइनान्सबीच सम्झौता भएको छ । सम्झौतासँगै अशोक लेल्याण्डका गाडी खरिद गर्दा आइसीएफसी फाइनान्सले ७० प्रतिशतसम्म फाइनान्स सुविधा पाइने भएको छ । 

सम्झौतामा फाइनान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल पन्त र आईएमई मोटर्सको तर्फबाट उप प्रमुख इमरान ए खानले हस्ताक्षर गरेका छन् ।

ग्राहकहरुले अशोक लेल्याण्डको विभिन्न प्रकारका सवारी साधनहरुमा कर्जा सुविधा प्राप्त गर्ने भएका छन् । यो सुविधाले आगामी दिनमा ग्राहकहरुलाई कर्जा सुविधा प्राप्त गर्न निकै सजिलो हुने दुबै कम्पनीका प्रमुखहरुले बताए । 

कर्जा सुविधा मात्र नभई दुवै कम्पनीबीच संयुक्त रुममा सहकार्य गर्दै अगाडी बढ्ने कुरामा पनि सहमति भएको छ । 



image not found