फोर्डले जित्यो द ग्रान्ड अटो कपको उपाधी

Not found

काठमाडौं । विगत ५ वर्षदेखि हुँदै आएको द ग्रान्ड अटो कपको यस वर्षको उपाधी फोर्डले जितेको छ ।  ड्रिम्स मर्चेन्ट नेपालको आयोजना अटो कम्पनीबीचको मैत्रिपूर्ण फुटसल प्रतियोगितामा आठ टिमले भाग लिएका थिए । उक्त प्रतियोगितामा नेपालमा उपलब्ध अटोमोबाइल ब्रान्डहरुको नेपालस्थत आधिकारिक बिक्रेताहरुका कर्मचारीहरुबीच प्रतिस्पर्धा गराइएको थियो । 

विहिवार सम्पन्न भएको प्रतियोगितामा फोर्डले टीभीएसको टिमलाई २–० ले हराएर उपाधी जितेको हो । प्रतियोगितामा तस्रो स्थान हार्ले डेभिडसन टिमले हासिल गरेको छ । अटो अपको सहप्रायोजक हिटको प्रालि रहेको थियो ।

यस पटकको अटो कपमा महिन्द्रा, टीभीएस, हुन्डाई, हार्ले डेभिडसन, जीप, कोबेल्को, निसान र फोर्ड कम्पनीका टिमको सहभागिता रहेको थियो । दुई समूहमा विभाजन गरेर खेलाइएको फुटसलमा समूह क मा जीप, कोबेलको, हुन्डाई र फोर्ड रहेका थिए । 

त्यस्तै समूह खमा टीभीएस, हार्ले डेभिडसन, महिन्द्रा र निसान रहेका थिए । फुटसल खेल ललितपुरको च्यासलस्थित नेसनल स्पोर्ट्स सेन्टरमा भएको थियो ।

अटो मोबाइल कम्पनीहरुबीच साथीत्व तथा मेलमिलाप र एक आपसमा मनोरञ्जन प्रदान गर्ने उद्देश्यले अटो कप आयोजना गरिएको आयोजकको भनाई रहेको छ ।



image not found