चालकका यी १२ खराब आचरण जसले निम्त्याउँछ, सडक दुर्घटना

Not found

काडमाडौं । चालकले सावधानीपूर्वक सवारी नचलाए डरलाग्दा सडक दुुर्घटना निम्तिन सक्छ । नेपालमा बढिरहेको सवारी दुर्घटनाको तथ्याङ्क केलाउँदा सबैभन्दा बढी दुर्घटना नै चालकको लापरबाहीको कारण हुने गरेको पाइन्छ । 

त्यसैले सवारी चलाउँदा चालकले विभिन्न कुरामा ध्यान दिनु आवश्यक रहन्छ । विशेषतः चालकका खराब बानीका कारण यस्ता दुर्घटना हुने गरेका छन् । 

क्लचमा थिचेर ड्राइभिङ्ग गर्ने 

नेपाली बजारमा उपलब्ध प्रायःजसो कार म्यानूअल ट्रान्समिसन लगाइएको छ । यी कार मूल्यका हिसावले सस्तो हुनुकासाथै मेन्टेन गर्न पनि सहज हुने गर्छन् । यस्ता गाडी चलाउँदा क्लचमाथि धेरै नियन्त्रण राख्नुपर्छ । क्लच धेरै थिचेर गाडी चलाउँदा क्लच–प्लेट, प्रेशर–प्लेट र क्लच–केवलमा समस्या आउन सक्छ । त्यसैले ड्राइभिङ्गको समयमा आवस्यकता अनुरुप मात्रै खुट्टा राख्नु पर्छ । 

न्यूर्टलमा गाडी गुडाउनु हुँदैन

प्रायः अधिकांश चालकले फ्यूल खपत घटाउन ओरोलो स्थानमा इन्जिन अफ गरेर कार चलाउने गर्छन् । जुन निकै चुनौतीपूर्ण बन्नसक्छ । यस्तो अवस्थामा पावर–ब्रेक र पावर स्टेयरिङ्गले काम गर्न छाड्छ । 

यसकासाथै आवश्यक परेको अवस्थामा तिव्र गतिमा कार चलाउन सकिँदैन । त्यसैले ओरालो बाटोमा सवारीसाधन चलाउदा इन्जिन अफ गर्नु हँुदैन । 

अटोमेटीक कार चलाउँदा लेफ्ट–फूट ब्रेकिङ्ग

प्रायः चालकले अटोमेटिक कार चलाउँदा दायाँ ब्रेकमा खुट्टा राख्ने गर्छन् । चालकको यस बानीको कारण दुर्घटना निम्तिन सक्छ । त्यसैले सकेसम्म अटोमेटिक ट्रान्समिसन उपलब्ध गाडीको डिल–पेडल र ब्रेकिङ्गमा खुट्टा राख्नु हुँदैन । 


गलत दिशाबाट गाडी चलाउँनु

गलत साइडबाट सवारी चलाउनु अर्काे खतरालाई आमन्त्रण दिनु हो । प्रायःजसो ड्राइभरले ट्राफिक नियम उल्लङ्घन गर्दै गलत साइडबाट सवारी चलाउने गर्छन् । जुन निकै चुनौतिपूर्ण बन्नसक्छ । 

रियर भ्यू–मिरर बन्दै राख्ने

चालकको खराब बानीमध्ये एक हो, रियर भ्यू–मिरर बन्द भएकै अवस्थामा गाडी गुडाउनु । कारमा रहेको आउडसाइड रियर भ्यू–मिरर फोल्ड नै राखेर गाडी चलाई रहेको थुप्रै घटना देख्न सकिन्छ । विशेषगरी मिरर फोल्डिङ्ग गरेर कार चलाउदा अगाडि–पछाडिको दृश्य नदेखिने भएकाले दुर्घटना निम्तिने गर्छ । 

ट्राफिक सिङ्गलको बेवास्ता

प्रायःजसो चालक ट्राफिक नियम उल्लङ्घन गर्नेछन् । नेपालमा पछिल्लो समय सडक दुर्घटनाको मात्रा ह्वात्तै बढ्नुको कारण ट्राफिक नियमको पालना नहुनुले हो । आकस्मिक घट्ने सडक दुर्घटनाबाट बच्न सकेसम्म ट्राफिक नियम पालना गर्नुपर्छ । 

हाइबिमको प्रयोग

अँध्यारो सडकमा यात्रा गर्दा हाइबिमको प्रयोग गर्ने गरिन्छ । तर, सामान्य सडकमा हाइबिमको प्रयोग गर्दा विपरीत दिशाबाट आएका अन्य सवारी चालकलाई समस्या पर्ने गर्छ । त्यसैले गाडी चलाउँदा व्यस्त सडकमा हाइबिमको प्रयोग गर्नु हुँदैन ।

अत्यन्त नजिक गाडी राख्नु

आफू नजिकको सवारीबाट आफ्नो सवारीसाधन अल्ली परै राखेर चलाउने गर्नु पर्छ । तर, हामीकहाँ सँगै जोडेर गाडी चलाउने चलन रहेको छ । यसले दुर्घटनाहरु बढाई रहेको छ । 

प्रायः मोटरसाइकल, स्कुटर, कार चालकले आफूअघिका सवारीलाई ओभरटेक गर्ने क्रममा पनि दुर्घटना निम्त्यने गरेको पाईन्छ । 


कुन स्थानमा छिटो र ढीलो छुट्याउन नसक्नु

कमजोर ड्राइभिङ्ग ह्याबिटले सडकमा समस्या सिर्जना गर्छ । विशेषतः व्यस्त सडकमा निकै बिस्तारै गाडी चलाउँदा अन्य सवारी चालकलाई समेत समस्या पर्न सक्छ भने, स्कुल, अस्पताल जस्ता शान्त क्षेत्रमा बिस्तारै गाडी चलाउनुपर्छ । यस्ता क्षेत्र नबुझी गाडी चलाउँदा दुर्घटना हुने गरेका छन् ।  

लेन–अनुशासनको कमी

नेपाली चालकले प्रायः लेन–अनुशासनको पालना नगर्ने गरेको ट्राफिक प्रहरी महाशाखा बताउँछ । हाई–वेमा भने फास्ट–लेनको प्रयोगमा मात्रै ओभरटेक गर्ने गरिन्छ । यसका अलवा चालकले दुई–लेनबीचमा ड्राइभिङ्ग गर्ने बानी हटाउनुपर्छ भने ट्राफिक सूचनाको प्रयोग गर्नुपर्छ । नेपालमा बार्षिक ३० हजारभन्दा बढी चालक लेन अनुसाशनको कारवाहीमा पर्ने गरेका छन् ।  

आपतकालीन बत्तीको प्रयोग

प्रायःजसो चालकले आपतकालीन वत्तीको प्रयोग गर्ने गर्छन् । विशेषतः यस्तो ल्याम्पको प्रयोग आपतकालिन अवस्था गर्ने गरिन्छ । पानी परेको समय वा जाम भएको अवस्थामा यस्तो ल्याम्पको प्रयोग गर्दा अन्य सवारी चालकलाई भ्रमित गर्ने गर्छ । जसले ठूला दुर्घटना निम्त्याउन सक्छ ।

गाडी चलाउँदा मोवाइल फोनको प्रयोग

अधिकांश चालकले सवारी चलाउँदा सेलफोनको प्रयोग गर्ने गर्छन् । चालकको यही लापरबाहीको कारण खतरनाक सडक दुर्घटना हुने गरेका छन् । 



image not found