बजाज एडभेन्चर २५० मा पावरफुल इन्जिनमा, ३० पीएस पावर

बजाज अटोले आफ्नो उत्पादनमा एडभेन्चर मोटरसाइकल थप गर्न लागेको विषय अहिले निकै चर्चामा रहेको छ । कम्पनीले २५० सीसी अन्तर्गत एडभेन्चर बाइक सार्वजनिक गर्ने तयारी गरेको छ ।

कम्पनीले आफ्नो पहिलो एड्भेन्चर बाइकमा २५० सीसीको इन्जिन दिने तयारी गरेको छ । जसलाई कम्पनीले केटीएमबाट लिएको जनाएको छ ।

नयाँ एडभेन्चर बाइकको विषयमा कम्पनीले खासै धेरै कुरा बाहिर ल्याएको छैन । यद्यपी मोटरसाइकलमा रहने फिचरका बारेमा भने केही अनुमान लगाइएको छ । लामो यात्राको लागि उत्पादन गर्न लागिएको यस बाइकमा लामो सस्पेन्शन, अगाडि १९ इन्चको अलोय ह्वील, पछाडि १८ इन्चको अलोय ह्वीलका साथ डियूल प्रपोज टायर दिने अनुमान गरिएको छ ।

यसमा  २४८.८ सीसी सिंगल सिलिन्डर लिक्विड कुल फियूल इन्जेक्सन इन्जिन रहेको छ । जसले ९००० आरपीएममा ३० पीएस पावर र ७५०० आरपीएममा २४ एनएम टर्क उत्पादन गर्छ ।  

यसका साथै कम्पनीले नयाँ प्रदुषण मापदन्ड अनुसारको रहने छ भने, यसमा फुल एलइडी लाईट सेटअप, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, एबीएस फस्ता फिचर रहने छन् । यो बाइकले रोयल इन्फिल्ड हिमालयनसँग प्रतिस्पर्धा गर्ने छ । यसको मूल्य १ लाख ५० हजार भारु हुने अनुमान गरिएको छ ।


Back_to_top