बजाजको पहिलो इलेक्ट्रीक कारको नाम ‘QCAR’

बजाज अटोले सानो साइजको इलेक्ट्रीक कार भारतीय बजारमा परिक्षण गरिरहेको छ । सन् २०२० बाट बजारमा उतार्नेगरि यसलाई तयारी गरिरहेको जनाएको छ । कम्पनीले आफ्नो बजाज क्यूटलाई नै इलेक्ट्रीक भेरियन्टमा ‘क्यूकार’को नामले ल्याउन लागेको अनुमान गरिएको छ ।

कम्पनीले कम मूल्यमा कार उपलब्ध गराउने उद्देश्यले यसको उत्पादनलाई अगाडि बढाएको हो । संभवत यो सबैभन्दा सस्तो इलेक्ट्रीक कार बन्न सक्ने अपेक्षा गरिएको छ । 

यसलाई बजाज अटोले भारतीय बजारभन्दा पहिला रसिया, टर्की जस्ता देशमा उतार्ने तयारी गरिरहेको भारतीय अटो मिडिया रसलानेले उल्लेख गरेको छ ।

यूरोपीन बजारमा इलेक्ट्रीक सवारीसाधनको माग उच्च रहेको समयमा कम्पनीले सस्तो मूल्यको उक्त क्वाडीसाइकललाई बजारमा ल्याएर बजार बढाउने रणनीति लिएको अनुमान लगाउन कठिन छैन । 


Back_to_top