बजाज र ट्राइम्फबीच सहकार्य, २५० देखि ७०० सीसीसम्मका मोटरसाइकल बनाउने

सन् २०१७ मा बजाज अटो र ट्राइम्फ मोटरसाइकल बीच भारतीय बजारमा सहकार्य गर्ने घोषणा भएको थियो तर त्यसलाई सम्झौताको स्वरुप भने दिइएको थिएन । उक्त घोषणा भएको २ वर्षपछि दुबै कम्पनीले नयाँ क्रुजर मोटरसाइकल उत्पादनमा लागि परेको खुलासा भएको हो । 

इकोनोमिक्स टाइमसँग कुरा गर्दै ट्राइम्फ मोटरसाइकलका चिफ प्रडक्ट अफिसर स्टीभ सार्जेन्ट र चिफ कर्मशियल अफिर पाउल स्टौडले दुई कम्पनी बीच लिखित सम्झौता नभएपनि प्रडक्ट डेभलपमेन्टमा निकै अगाडि काम पुगिसकेको जनाएका छन् । 

यी दुई कम्पनी बीचको पाट्नरसिपमा बन्नेको मोटरसाइकलको प्रोटोटाइप परिक्षण भइरहेको उनीहरुले जानकारी दिएका हुन् । बजाज अटोका प्रबन्ध निर्देशक राजिब बजाजले केही दिनअघि बेलायतमा रहेको ट्राइम्फको हेडक्वाटर अवलोकन समेत गरेका थिए । यसले पनि यी दुईको सहकार्य अघि बढेको दाबी इकोनोमिक्स टाइमले गरेको छ ।

बेलयती र भारतीय कम्पनी बीच भइरहेको यो साझेदारीमा २५० देखि ७०० सीसीसम्मका मोटरसाइकल उत्पादन हुने छन् । यस साझेदारी अन्तर्गत क्रुजर, एडभेन्चर टुरर, रोडस्टर जस्ता मोटरसाइकल उत्पादन हुने छन् । 

यी दुई कम्पनी बीचको सहकार्यमा ट्राइम्फले मोटरसाइकल रिसर्च एण्ड डेभलपमेन्टमा काम गर्नेछ भने बजाजले उत्पादन र वितरण गर्नेछ । यी दुई बीचको सहकार्य रोयल्टी बेसमा हुने जनाइएको छ । 

यी दुई बीचको सहकार्यमा उत्पादन हुने पहिलो मोटरसाइकल सन् २०२२ बाट बजारमा बिक्री सुरु हुने अनुमान गरिएको छ । 


Back_to_top