शक्तिशाली इन्जिनमा बजाजको नयाँ क्रुजर मोटरसाइकल

बजाज मोटरसाइकल र बेलायती ब्राण्ड ट्राइम्फ मोटरसाइकलको सहकार्यमा नयाँ मोडल एभेन्जर उत्पादन गर्ने भएको छ । करिब दुई वर्षदेखिको सहकार्य र छलफलपछि नयाँ मोटरसाइकल उत्पादन गर्ने निष्कर्षमा पुगेको हो । 

यी दुबै कम्पनीले ल्याउने क्रुजर मोटरसाइकलको उत्पादनमा जुटेको कम्पनीले ४०० सीसी इन्जिनमा यो मोटरसाइकललाई ल्याउने दाबी भारतीय अटो मिडिया रसलाने गरेको छ ।

कम्पनीले आधिकारीक घोषणा नगरेको भएपनि भारतीय बजारमा बजाजको नेतृत्वमा केटीएम–हस्कभर्ना र ट्राइम्फ मिलेर काम गरिरहेका छन् । यस्तोमा यी दुई कम्पनी मिलेर ल्याउने बजाजलाई क्रुजर सेग्मेन्टमा फाइदा पुग्ने विश्वास लिइएको छ ।

यदि ४०० सीसी सेग्मेन्टलाई आधार बनाएर कम्पनीले क्रुजर मोटरसाइकल ल्याउने हो भने यसमा बजाज डोमिनारमा दिइएकै इन्जिन दिने अनुमान गरिएको छ ।


Back_to_top