बजाज एभेन्जर १६० र सुजुकी इन्ट्रुडरमा कुन उत्कृष्ट

Not found

बजाजले नयाँ एभेन्जर स्ट्रीट १६० भारतीय बजारमा ल्याइएको छ । अनिर्वाय एबीएससहित बजारमा आएको यो मोटरसाइकलले सुजुकी इन्ट्रुडरसँग कडा प्रतिस्पर्धा गर्ने अनुमान कम्पनीले गरेको छ । 

बजाज एभेन्जर स्ट्रीट १६० को डिजाइन र लुक्स सुजुकी इन्ट्रुडरसँग केही मिलेकाे देखिन्छ । आकर्षक डिजाइनको कारण पनि बजाजको यो मोटरसाइकल चर्चामा आएको हाे । 

चालकको सुरक्षाको लागि यस मोटरसाइकलको रियरमा रियर लिफ्ट प्रोटेक्शन सेन्सर लगाइएको छ । यसले दुर्घटना हुने सम्भावनालाई कम गर्ने कम्पनीले जनाएको छ । 

भारतीय बजारमा यसको मूल्य ८१ हजार ३७ भारु तोकिएको छ । यसमा १६०.३ सीसी सिगल सिलिन्डर फोर भल्भ एयर कुल्ड इन्जिन लगाइएको छ । यसले १५ बीएचपी पावरका साथै १३.७ एनएम टर्क उत्पादन गर्छ । यसमा पाँच स्पीड गियरबक्स लगाइएको छ । 

यस्तै, सुजुकी इन्ट्रुडरमा १५४.९ सीसी क्षमताको सिंगल सिलिन्डर इन्जिन लगाइएको छ । यसले १४ बीएचपी पावरका साथै १४ एनएम टर्क उत्पादन गर्छ । यसको इन्जिनमा पाँच स्पीड गियरबक्स लगाइएको छ । 

यो मोटरसाइकलको मूल्य १ लाख ८ हजार भारु रहेको छ । सुरक्षालाई मध्यनजर गर्दै यस मोटरसाइकलमा सिंगल च्यानल एबीएस सेटअप दिइएको छ । चालकको आरामदायी यात्राको लागि रियरमा स्विंग आर्म मनोसक सस्पेन्सन दिइएको छ ।

मूल्य र पावरको हिसावले बजाज एभेन्जर १६० निकै उत्कृष्ट रहेको छ । स्टाइलिस लुक्समा भने सुजुकी इन्ट्रुडर राम्रो देखिन्छ । अहिले नेपाली बजारमा सुजुकी इन्ट्रुडर बिक्री वितरण भइरहेको छ भने बजाज एभेन्जरको लागि केही महिना कुर्नु पर्ने हुन्छ ।



image not found