यी ६ कारण चर्चामा छ बजाजको इलेक्ट्रीक स्कुटर चेतक

काठमाडौं । करिब १४ वर्षपछि बजाजले स्कुटर उत्पादन गरेर पुनः स्कुटर बजारमा पाइला राखेको छ । तर, यसपटक कम्पनीले कम्वस्चन इन्जिन युक्त स्कुटर उत्पादन नगरि इलेक्ट्रीक स्कुटर उत्पादन गरेको हो ।

हिजो एक विशेष कार्यक्रम गरि बजाजे आफ्नो पहिलो इलेक्ट्रीक स्कुटर सार्वजनिक गरेको हो । कम्पनीले यसको व्यवसायीक बिक्री भने आगामी जनवरी पहिलो साताबाट गर्ने भएको छ । 

कम्पनीले ल्याएको पहिलो इलेक्ट्रीक स्कुटरले अथर ४५० सँग सिधा प्रतिस्पर्धा गर्ने छ । यस मोडलबारे जान्नै पर्ने केही तथ्यहरु यस प्रकार रहेका छन् । 

स्टाइल

चेतकमा राउन्ड हेडल्याम्पसँगै हर्ष सुज सेप एलइडी डिआरएलएस ल्याम्प जोडिएको छ । यसमा, एप्रोन माउन्टेड एलइडी साइड टर्न इन्डिकेटर लगाइएको छ भने, फक्स एयरभेन्ट जोडिएको छ । 

यसमा उपलब्ध राउन्ड सेपको फुल डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टरले चालकलाई स्कुटरको अवस्थाबारे सूचना दिने गर्छ । यसमा स्प्लिट स्टाइल एलइडी टेलल्याम्प र इन्स्ट्रुमेन्ट क्लस्टरमा ब्ल्युटुथ कनेक्टीभिटीको फिचर दिइएको छ ।

चालकले आफ्नो स्मार्टफोनमा स्कुटर नेक्ट एप जोड्न सक्ने छन् । यसले, मोबाइलमा आएको कल, म्यासेज नोटिफिकेशन, टर्न वाइ टर्न नोटिफकेशन डिस्प्लेमा देखाउने गर्छ । 

स्कुटरमा रहेको इन्स्ट्रुमेन्ट क्लस्टरको डिप्लेमा ब्याट्री रेन्ज, स्पीड, सर्भिस इन्डिकेटर र टाइमको सूचना देखापर्छ । साथै, स्कुटरमा प्रिमियम लुकिङको ब्याक लिट स्विच गियरको विशेषता दिइएको छ ।

प्राक्टिकल तथा कम्फर्टेवल

सिंगल पिश सिट लगाइएको चेतक स्टाइलिस लुक्समा आएको छ । यसमा उपलब्ध पिलिन सिटले राइडरलाई सजिलो बनाउँछ । यसमा लामो साइजको फुट बोर्ड लगाइएको छ भने फ्रन्ट साइडमा एप्रोन जोडिएको छ ।

ब्रेक र सस्पेन्सन

चेतकको फ्रन्ट साइडमा सिंगल साइडेड टेलिस्कोपिक सेटअप र रियरमा सिंगल साइडेड स्प्रिंग सेटअप दिइएको छ । फ्रन्ट साइडमा डिस्क ब्रेक र रियरमा ड्रम ब्रेक लगाइएको उक्त स्कुटरमा चालकको सुरक्षाको लागि सीबीएसको फिचर दिइएको छ । 

यसमा १२ इन्चको एमआरएफ ज्यापर के अलोय ह्वील लगाइएको कम्पनीले जनाएको छ ।

कलर अप्सन

बजाजले आफ्नो पहिलो इलेक्ट्रीक स्कुटरलाई ब्ल्यु, रेड, ह्वाइट, सिल्भर, बेज र ब्ल्याकगरि ६ कलर अप्सनमा उपलब्ध गराउने छ । 

पावरट्रेन

कम्पनीले हालसम्म चेतकमा कुन इलेक्ट्रीक मोटर लगाएको छ भन्नेबारे कुनै जानकारी गराएको छैन तर, यसमा वाटर र डस्ट प्रुफ आइपी ६७ ब्याट्री प्याक लगाइएको जानकारी भने दिएको छ । ५–१५ एम्पीयर विद्युत क्षमता भएको हाउस होल्ड चार्जरबाट ब्याट्री चर्जगर्न सकिने कम्पनीले जनाएको छ । यसले एक पटककाे चार्जमा ९५ किलाेमिटर माइलेज प्रदान गर्ने बताइएकाे छ ।

मूल्य

कम्पनीले यसको मूल्य १ लाख २५ हजार भारु निर्धारण गर्ने बताएको छ । 


Back_to_top