८ दिनपछि बजाजले नयाँ मोडल सार्वजनिक गर्ने

Not found

बजाज मोटरसाइकल इन्डियाले अक्टोबर १६ मा भारतीय बजारमा नयाँ मोडल सार्वजनिक गर्न मिडियालाई आमन्त्रण गरेको छ । तर, उक्त आमन्त्रणमा कुन नयाँ मोडल सार्वजनिक गर्न लागिएको हो भन्ने खुलाईएको छैन । 

२०१९ को अन्त्यसम्ममा भारतीय बजारमा इलेक्ट्रीक स्कुटर अर्वानाइट उतार्ने जनाएको कम्पनीले दिपावली अगाडि नै उक्त स्कुटर सार्वजनिक गर्न लागिएको अनुमान गरिएको छ ।

बजाजले पठाएको निमन्त्राण पत्रमा लेखिएको छ ‘हामीले इतिहास लेख्यौ अब भविष्य लेख्न गइरहेका छौँ ।’ उक्त आसयलाई केलाउदा ८० र ९० को दशकमा बजाज स्कुटरको कारण भारतमा सबैभन्दा धेरै दुई पाङ्ग्रे सवारीसाधन उत्पादक र बिक्रेता थियो । अव पुनः कम्पनीले स्कुटर ल्याउन लागेको बुझन सकिन्छ । 

निमन्त्रणामा उल्लेख ‘हमारा कल’ शब्दले आउने नयाँ मोडल इलेक्ट्रीक हुने अनुमान सहजै लगाउन सकिन्छ । 


कम्पनीले ल्याउन लागेको स्कुटर क्लासिक डिजाइनमा हुने छ भने, यसको हेडल्याम्प भेष्पाको जस्तो रहने छ । कर्भी एप्रोन र बल्की डिजाइनले स्कुटरलाई निकै आकर्षक देखाएको छ ।

यसमा दिइएको लिथिएम आयन व्याट्रीले करिब १०० किलोमिटरको माइलेज प्रदान गर्ने छ भने फुल डिजिटल इन्ट्रुमेन्ट कन्सोल दिइएको छ । यसमा रहेका हरेक फिचर मोवाइलबाट कन्ट्रोल गर्न सकिने बताइएको छ ।   



image not found