बजाजको १० मोडलका बाइक नेपालमै उत्पादन, यस्तो छ मूल्यसूची

काठमाडौं । हंसराज हुलास चन्द्र एण्ड कम्पनी प्रालिले नेपाली बजारमा बिक्री वितरण गर्दै आएको मध्य १० मोडलका मोटरसाइकल नेपालमै उत्पादन गर्दै आएको जनाएको छ ।

नाडा अटोमोवाइल एसोसिएसन अफ नेपालले आफ्ना सदस्यहरुले बिक्री वितरण गर्दै आएको सावारी साधनको मूल्य सूचीमा बजाजका मोटरसाइकल निर्माण भएको देशमा नेपालको नाम लेखिएको छ ।

गोल्छा अर्गनाइजेशन अन्तर्गतको हुलास अटो क्राफ्टले उत्पादन गर्दै आएका यी मोटरसाईकलको मूल्य १ लाख ६४ हजार ९०० रुपैयाँदेखि ३ लाख १९ हजार ९०० रुपैयाँसम्म तोकिएको छ ।

बजाजले प्लाटिना, डिस्कभर, पल्सर, पल्सर एनएस सिरिज नेपालमा उत्पादन गर्दै आएको छ भने क्रुजर र स्ट्रीट बाइक एभेन्जर भारतबाट ल्याएर बिक्री वितरण गर्दै आएको छ ।

साथै, बजाजले तीन पाङ्ग्रे अटो रिक्सा कम्प्याक्ट पेट्रोल ४ एस नेपालमा नै एसेम्बल गर्दै आएको छ । 


Back_to_top