एचएच बजाजको नयाँ शोरुम बारामा

Not found

काठमाडाै‌ । बजाज मोटरसाइकलको नेपालको लागि आधिकारिक वितरक एचएच बजाजले आफ्नो कार्यलाई थप बढाउँदै पूर्ण सुविधा सहितको नयाँ शोरुम गुप्ता मोटर्स बाराको कलैयामा संचालनमा ल्याएको छ ।

नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर पार्टस तथा एसेसरिज खरिदका लागि सहज बनाउने छ । यसैको माध्यमबाट एचएच बजाजले आफ्नो बिक्रीलाई थप सशक्त बनाउन सहयोग पुग्ने अपेक्ष्या लिएको । 

नयाँ शोरुम शुभारम्भ गर्दै एचएच बजाजका जेनेरल म्यानेजर योगेन गुरुङले भने, ‘हामी बाराको कलैयामा नयाँ शोरुम संचालन भएको घोषणा गर्दा निकै खुशी छौं । ग्राहकहरुको बढ्दो मागका कारण हामीले बारामा नयाँ शोरुम संचालन गर्न उत्साहित बनाएको हो । यो विस्तारसँगै बाराका ग्राहकहरु विभिन्न माध्यमबाट लाभान्वित हुने छन् ।”

एचएच बजाज देशभरी रहेका ग्राहकहरुका लागि उच्च गुणस्तरको सेवा प्रदान गर्न प्रतिबद्ध रहेकोसमेत कम्पनीले जनाएको छ ।



image not found