बजाजको नयाँ शोरुम मोरङमा

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक बितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले मोरङको बिराटचोकमा पूर्ण सुविधा सहितको नयाँ शोरुम संचालनमा ल्याएको छ । मोरङका ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले एचएच बजाजले उक्त शोरुम खोलेको हो ।

आफ्नो सञ्जाल बढाउँदै बिराटचोकमा नयाँ शोरुम ‘मनकामना अटोमोबाईलस्’ संचालन गरेको हो । नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर पार्टस्, सेल्स्, सेवा तथा एसेसरिज खरिदका लागि सहज बनाउने विश्वास कम्नीको छ ।

यसैको माध्यमबाट एचएच बजाजले देशभर आफ्नो बिक्रीलाई थप सशक्त बनाउन सहयोग पुग्नेछ । एचएच बजाजले देशभरका ग्राहकहरुलाई थप सुविधा सहित गुणस्तरीय तथा छिटो सुविधा पुर्याउने प्रयास गरिरहेको जनाएको छ ।

नयाँ शोरुम उद्घाटन गर्दै एचएच बजाजका जेनेरल म्यानेजर योगेन गुरुङले मोरङ बिराटचोकको शोरुम खुलेपछि त्यस आसपासका उपभोक्तालाई सहयोग पुग्ने बताए । बजाजले उपभोक्तलाई स्तरिय सेवा प्रदान गर्दै आएकाले यो शोरुपबाट पनि स्तरिय सेवा प्रदान हुने विश्वास गुरुङको छ । ग्राहकहरुको बढ्दो मागकै कारण बिराटचोकमा नयाँ शोरुम संचालनमा ल्याइएको उनले बताए ।


Back_to_top