नयाँ इन्जिनमा आउँदै पल्सर १५०, यस्तो छ परिवर्तन

बजाजले बीएस–६ इन्जिनयुक्त पल्सर १५० मोटरसाइकलको परिक्षण भइरहेको छ । एबीएसको विशेषतासंगै विभिन्न परिमार्जन सहित तयार भएको यो मोटरसाइकल आगामी फेस्टिभ सिजनमा भारतीय बजारमा आउने छ । पल्सर १५० सिरिज अन्र्तगत राम्रो बजार पकड बनाउन सफल यो मोरसाइकल हाल एबीएसयु्क्त १५० रेन्जमा स्टान्र्डड, नियोन र ट्वीन डिस्क भेरियन्टको बिक्री गर्दै आएको छ । 

कम्पनीले भारतमा अप्रिल २०२० बाट लागु हुने नयाँ प्रदूषण अनुसार १५० सीसी रेन्जका मोटरसाइकललाई अपग्रेड गर्ने क्रमलाई तिब्र बनाएको छ । यसमा सिंगल च्यानल एबीएस सिस्टम दिइएको छ ।  यसमा ब्लाक फिनिस बेली प्यान, रिफ्लेक्टेड माउन्ट, फ्रन्ट टेलिस्कोपिक फर्क, स्लाइट्ली अपडेट ग्राफिक्स, ब्लाकइन्ड रिम, नयाँ फुटपेजको विशेषता दिइएको छ ।

मोटरसाइकलमा १४९.५ सीसी सिंगल च्यानल फोर स्ट्रोक ट्वीन स्पार्क एयर कुल्ड डीटीएस–आइ इन्जिन दिइएको छ । यसले ८ हजार आरपीएममा १४ पीएस पावरका साथै ६ हजार आरपीएममा १३.४ एनएम टर्क उत्पादन गर्छ । यसमा पाँच स्पीड ट्रान्समिसन दिइएको कम्पनीले जनाएको छ । 


Back_to_top