बजाजले ल्यायाे क्युट कार, मार्इलेज ३६ किमी प्रतिलिटर

दुई तथा तीन पाङग्रे सवारी साधन निर्माण गर्दै आएको बजाज अटोले नयाँ ‘क्युट’ कार सार्वजनिक गरेको छ । कम्पनीले ‘क्युट’ लाई इन्डोनेशियाको बजारमा सार्वजनिक गरेको हो । भारतको परिवहन मन्त्रालयको क्वाड्रिसाइकल श्रेणी अन्तरगत पर्ने यो कार शहरी सडक तथा बजारमा चलाउँन अनुमती दिएको छ । तर, यसलाई एक्सप्रेस वेमा चलाउँन अनुमति छैन् । बजाज अटोले  ‘क्युट’ लाई २०१२ मा आयोजित अटो शोमा आरई ६० को नामले सार्वजनिक गरेको थियो ।

याे कारलार्इ भारतको परिवहन मन्त्रालयले चालाउनको लागि अनुमति नदिएका कारण बजार प्रयोजनको लागि सार्वजनिक हुन सकेको थिएन । बजाजकाे क्युटको  जम्मा तौल ४०० केजी छ ।  यसको माइलेज प्रतिलिटर ३६ किलोमिटर रहेको छ । साथै यसले अन्य साना आकारका सावरी साधनको तुलनामा ३७ प्रतिशत कम कार्बन उत्सर्जन गर्ने कम्पनीले जनाएको छ । यसले एक किलोमिटरमा ६६ ग्राम सिओ२ उत्सर्जन गर्ने गर्छ । यो कारको टर्निङ रेडियस ३.५ मिटर मात्र रहेको छ ।

यसमा २१६.६ सिसिको सिंगल सिलिन्डर फ्युल इन्जेक्टेड, वाटर कुल्ड, डिजीटल ट्राई स्पार्क इग्निशन युक्त ४ भल्ब पेट्रोल इन्जिन दिइएको छ । यसले अधिकतम १३ बिएचपी पावर तथा २० एनएम टर्क उत्पादन गर्छ । यसको इन्जिनमा ५ स्पिड गियरबक्स लगाईएको छ । यसको अधिकतम स्पिड ७० किलोमिटर प्रतिघन्टा रहेको छ । क्युटको लम्बाई २ हजार ७ सय ५२ मीमी रहेको कम्पनीले जनाएको छ । यसको मुल्य भारतमा सवालाख राखिएको छ । कम्पनीले यसमा समावेश गरिएका विशेषता कारसंग मिल्दोजुल्दो भएको दाबी गरेको छ ।

बजाज अटाेले यस कारलार्इ श्रीलंका सहित अन्य १४ वटा देशमा लन्च गर्ने तयारी गरिरहेकाे छ । 


Back_to_top