बजाजले भी १५ को बिक्री बन्द गर्दै, नयाँ भी १२ ल्याउने

बजाज अटोले भारतीय बजारमा भी १५ मोटरसाइकलको बिक्री बन्द गर्ने भएको छ । कम्पनीले यो मोडल गत वर्षको डिसेम्बरमा सार्वजनिक गरेको थियो ।

भारतमा लागु हुने नयाँ सुरक्षा मापदन्ड अनुसार बाइक नभएपछि भी १५ मोटरसाइकलको उत्पादन बन्द गर्न लागिएको कम्पनीले जनाएको छ । यसमा १२४.५ सीसी सिंगल सिलिन्डर एयर कुल्ड फोर स्ट्रोक एसओएचसी २ भल्व डिटिएसआई इन्जिनले ७५ हजार आरपीएममा १०.७ पीएस पावरका साथै ५५ सय आरपीएममा १०.९ एनएम टर्क उत्पादन गर्छ ।

कम्पनीले हाल परिमार्जित भी १२ मोडल सार्वजनिक गर्ने तयारी गरिरहेको छ । यसमा १५९.५३ सीसी सिंगल सिलिन्डर एयरकुल्ड फोर स्ट्रोक एसओएचसी टू भल्भ डिटिएसआइ इन्जिन लगाइको छ । यसले, ८ हजार आरपीएममा १३ पीएस पावरका साथै ६ हजार आरपीएममा १३ एनएम टर्क उत्पादन गर्छ ।

यसमा ३० एमएम कन्भेक्सनल फ्रन्ट फर्क र पछाडि निट्रोक्स ट्वीन सक लगाइएको छ । दुबै बाइकमा १३० एमएम ड्रम ब्रेक दिइएको छ । भारत सरकारले १२५ सीसीसम्मका मोटरसाइकलमा एबीएस, सीबीएस, सुरक्षा नभएकाले बजाजले यस्तो घोषणा गरेको हो । 


Back_to_top