व्याट्रीको चुनौतिमा इलेक्ट्रीक कार, मूल्यमा कस्तो असर

Not found

काठमाडौं । पछिल्लो समय विद्युतीय सवारीको बिक्री तिब्र रुपमा भइरहेको छ । यसको मुख्य कारण त्यसमा प्रयोग हुने व्याट्रीको उत्पादन बढ्नु हो जसको श्रेय चीनलाई जान्छ । यसले व्याट्रीको माग उच्च बनाएको छ । 

भारतमा २०१९ को फस्ट क्वाटरमा इलेक्ट्रीक सवारीमा प्रयोग हुने व्याट्रीको माग १ सय ७५ प्रतिशतले बढेको छ । इलेक्ट्रीक सवारी सडकमा देखिन थालेको त छ तर यसको मूल्यले सोचे अनुसार सवारी बिक्री हुन सक्नेमा आशंका गरिएको छ । 

इलेक्ट्रीक सवारीको क्षेत्रमा गरिएको लगानी र त्यसबाट गरिएको अपेक्षा पूरा होला ? यसको सबैभन्दा ठूलो चुनौती व्याट्री टेक्नोलोजी हो । 

अहिलेको अवस्थामा इलेक्ट्रीक कारको करिब आधा मूल्य व्याट्री कै पर्ने गरेको छ । यद्यपी यो केही वर्ष अघिको तुलनामा कम भने भएको हो । व्याट्रीको लागतका कारण हरित कार योजनामा बाधा परि रहेको छ । 

गत वर्षको अन्यतिर चीनमा औषत व्याट्रीको बिक्री मूल्य १८० अमेरिकी डलर प्रतिकिलोवाट आवर रहेको थियो । यो अघिल्लो वर्षको तुलनामा ११ प्रतशित कम हो तर जसरी व्याट्रीको मूल्य घट्ने विश्लेषण र अनुमान गरिएको थियो त्यो अनुरुप भएको छैन । 

दक्षिण कोरियाको सामसुङ एसडीआइ, एसके इनोभेसन, एलजी चेम, चीनको कन्टेम्पोररी एमपेरेक्स टेक्नोलोजी, जापानको पानासोनिकलगायत विश्वका ठूला व्याट्री उत्पादक कम्पनीहरु नयाँ पुस्ताको व्याट्री प्रवद्र्धनमा लागि परेका छन् । 

इलेक्ट्रीक कार उत्पादकहरुले व्याट्रीको माग अत्याधिक रुपमा बढाएका छन् । उक्त माग थेग्न सक्ने गरि न त व्याट्री उत्पादकहरु तयार छन् न त व्याट्री प्रविधिमा त्यो स्तरमा पुग्ने विकास नै भएको छ । यसले अवस्था नाजुक बनाउने देखिन्छ । 

इलेक्ट्रीक सावरी प्रति चुलिएको आशा यो यथार्थ अवस्थाले धरातलमै ल्याइदिएको छ । अहिलेको व्याट्री विकासले अपेक्षा गरे अनुरुप न त विद्युतीय कारको विस्तार सम्भव छ न त फास्ट चार्जिङ । 

इलेक्ट्रीक सवारीका विज्ञहरु व्याट्रीको मूल्य आउँदो समयमा २० प्रतिशतसम्मले बढ्ने आँकलन गर्दै छन् । यसको अर्थ इलेक्ट्रीक सवारीको बिक्री घट्छ भन्ने होइन । अहिलेको अवस्थामा इलेक्ट्रीक सवारीमा प्रयोग भएको व्याट्रीको लागत ३० देखि ४० प्रतिशत कम हुनु पर्छ । जसका कारण उपभोक्ताले चाहे अनुसार अहिलेको जस्तै मूल्यमा सवारी किन्न सक्छन् । 

अहिले युरोप र चीनले सवारी उत्पादकहरुलाई बाध्यात्मक रुपमा इलेक्ट्रीक सवारीमा जान भनि रहेका छन् । गएको एक वर्षमा स्टक रहेको इलेक्ट्री सवारी र त्यसको भ्यालूएसनमा समेत गिरावट आएको छ । सवारी खरिदकर्ताका लागि यो कुरा स्वीकार गर्न निक्कै समय लाग्ने देखिन्छ । 



image not found