२५० सीसी सेग्मेन्टमा बेनेली र बजाजको टक्कर हुने

सन् २०२० मा बेनेली लियोन्सिनो र बजाज पल्सर २५० बीचमा कडा टक्कर हुने इन्डियन अटोव्लगले दाबी गरेको छ । दुबै कम्पनी बजाज र बेनेलीले आफ्नो उत्पादन २०२० को सुरुवातमा नै बजारमा ल्याउने अनुमान गरिएको छ । 

यसका अलावा बेनेली लियोन्सिनो २५० ले बजाजको चर्चित डोमिनार ४०० सँग पनि प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ । 

पावर, फिचर र मूल्यको हिसाबले पल्सर २५० सँग मिल्दोजुल्दो हुने बेनेलीको यो बाइक २४९ सीसी क्षमताको इन्जिनमा आउने छ । यसमा उपलब्ध सिंगल सिलिन्डर फ्युल इन्जेक्टेड लिक्वीड इन्जिनले ९२५० आरपीएममा २५.५ बीएच पावर र ८००० आरपीएममा २१.२ एनएम टर्क उत्पादन गर्छ । यसको इन्जिनमा ६ स्पिड अटोमेटिक गियरबक्स लगाइएको छ ।

बजाज पल्सर–२५० मा केटीएम ड्यूक २५० मा प्रयोग गरिएको इन्जिन लगाउने तयारी रहेको बताइएको छ । २४९ सीसी सिंगल सिलिन्डर, लिक्विड–कुल्ड इन्जिनले उत्कृष्ट आउटपूट दिने बताइएको छ । 

बेनेली लियोन्सिनो २५० मा फुल एलइडी हेडल्याम्प, फ्रन्ट साइडमा रेट्रो स्टाइलको राउन्ड हेडल्याम्प क्लस्टर, फुल्ली डिजीटल इन्स्ट्रुमेन्ट क्लस्टर, मस्कुलर फिउल ट्यांक दिइने छ । यो बाइकको फ्रन्टमा ४१ एमएमको अपसाइड डाउन टेलिस्कोपिक फर्क र रियरमा ५१ एमएमको मनोशक याब्जर्वर दिइने छ । 

बजाज पल्सर २५० मा स्प्लिट सिट, इन्स्ट्रुमेन्ट क्लस्टर, गियर इन्डीकेटर, टेकोमिटर, स्पीडोमिटर, फ्युलगज लगायतका विशेषता दिइएको छ । फूल एलइडी हेडल्याम्प, टीएफटी डिस–प्लेसँगै ब्लू–टुथ कनेक्टिभी जस्ता फिचर उपलब्ध हुनेछ ।

भारतीय बजारलाई लक्षित गर्दै आउन लागेका यी दुई मोटरसाइकले भारतीय बजारमा कस्तो व्यापार गर्छ भन्ने थाहापाउन भने केही महिना कुर्नु पर्ने हुन्छ । यी दुबै बाइक नेपाली बजारमा पनि आउने छन् ।


Back_to_top