नाडा अटो शो सम्पन्न, वेष्ट स्टलमा टोयोटा, केटीएम र टोटलको कब्जा

काठमाडौं । नाडा अटो शो २०१९ आजबाट सम्पन्न भएको छ । यस मेलामा करिब ९५ प्रदर्शनीकर्ताले भाग लिएका थिए भने करिब ७५ हजार अबलोकनकर्ताले अबलोकन गरेको नाडाका अध्यक्ष शम्भुप्रसाद दाहालले जानकारी दिए । 

मेला विगतमा भन्दा निकै ब्यवस्थित, उत्कृष्ट स्टल र लेटेष्ट सवारी साधनका कारण निकै भब्य भएको उनले दाबी गरे । 

अटो शो बिगतको तुलनामा निकै भब्य भएको अबलोकनकर्ताको टिप्पणी रहेको पाइन्थ्यो । यो मेला यस वर्ष भदौ १० गतेदेखि संचालन गरिएको थियो ।

उत्कृष्ट स्टल 

यस पटकको अटो शोमा स्टल निर्माणमा सबै कम्पनीले निकै मेहिनत गरेको स्टलबाट नै देखिन्थ्यो । 

‘विगतमा भन्दा यसपटक उत्कृष्ट स्टल छनोटमा हामीलाई निकै गाह्रो भयो । सबै कम्पनीले आफ्नो स्टल उत्कृष्ट बनाएका थिए, हामीले राम्रो मध्यबाट एउटा उत्कृष्ट बनाउनै पर्ने भएकाले छनोट गरेका हौं’ वेष्ट स्टल छनोट समितिका सदस्य तथा नाडाका महासचिव सुनिल रिजालले मेरोअटोसँग भने । 

यसपटकको मेलामा उत्कृष्ट चारपाङ्ग्रे सवारीसाधनको स्टल टोयोटाले जितेको छ भने उत्कृष्ट दुईपाङ्ग्रे सवारीसाधनतर्फको स्टल केटीएमले जितेको छ । 

त्यसैगरि उत्कृष्ट ल्यूव, टायर, पार्टसलगायतका स्टलमा टोटलले जितेको छ ।  


Back_to_top