पुरै समय ब्रेकमाथि खुट्टा राखेर बाइक चलाउँदा बढ्न सक्छ जोखिम

मोटरसाइकल चालकले बारम्बार दोहोर्याउँने गल्ती हो, राइडिङको समयमा ब्रेकमा खुट्टा राख्नु ।  

अधिकांश चालकले गर्ने यो गल्तीका कारण बाइकको ब्रेक लुज हुन्छ, जसले आकस्मिक दुर्घटना घटाउने खतरा बढ्न सक्छ । कार, ट्याक्सीजस्ता चारपांग्रे सवारी साधानमा यस्तो बानीले खासै असर पर्दैन् तर, मोटरसाइकलमा लगातार ब्रेकमा खुट्टा राख्दा समस्या निम्तन सक्छ । 

ब्रेकमा खुट्टा राख्दा हुन सक्छ यस्तो नोक्सानी 

भारतीय बाइक एक्सपर्ट मोनु सागर ब्रेकमा लगातार खुट्टा राख्दा ब्रेक शु तातो हुनुका साथै ग्रिप टायर खुकुलो हुने बताउँछन् । जसको कारण ब्रेक लुज हुने गर्छ ।

बाइक सर्भिसिङ पश्चात् महिना दिन जति बाइकको ब्रेक टाइट भएपनि त्यसपछि पुनः लुज भैहाल्छ । ब्रेक लुज भएको बाइकमा खुट्टा राख्दा ड्राइभिङमा असर पर्नुका साथै बाइक अनियन्त्रित हुन सक्छ ।

खर्च बढ्छ

एउटा ब्रेक शु चेन्ज गर्न करिब ५०० रुपैयाँ लाग्ने गर्छ । यदि हरेक महिना ब्रेक  शु परिर्वतन गर्नु पर्यो भने मासिक रुपमा अतिरिक्त खर्च बढ्ने छ । त्यसैले संभावित दुर्घटना र पैसा बचतको लागि लगातार ब्रेकमा खुट्टाराख्नु नोक्सनी हुन्छ । 

के गर्दा उचित ? 

बाइक चलाउँदा खुट्टालाई ब्रेक फुटमा राख्नु अनिर्वाय हो । तैपनि ब्रेक लुज हुनबाट बचाउँन खुट्टाको पन्जालाई ब्रेकमाथि नराखी बाहिरपट्टि राख्नुपर्छ । 

ह्यान्ड ब्रेकमा आवश्यकता अनुसार हात राखेर चलाएजस्तै खुट्टाको ब्रेकमा पनि आवस्यकता अनुसार खुट्टा ल्याउनु फाईदा जनक हुन्छ । बाइक चलाउँदा वजनलाई ब्रेकको फुटमाथि नै लगाउनु पर्छ तर, खुट्टाको पन्जालाई माथि नराखी बाहिर पट्टि राख्नुपर्छ । जसले गर्दा ब्रेक लुज भई बाइक अनियन्त्रित हुनबाट बच्छ । 


Back_to_top