बाइकमा हुने स्लीपर क्लचले कसरी गर्छ काम

Not found

हरेक बाइकमा क्लच हुन्छ । क्लचको काम इन्जिन र गियरलाई जोड्ने र छुटाउने हो । बाइकमा हरेक पटक गियर परिर्वतन गर्नु पर्दा क्लच अनिर्वाय दवाउनु पर्छ । स्लीपर क्लचको सहायताले गियर परिवर्तन गर्दा बाइकमा झट्का महशुस हुँदैन ।  

स्लीपर क्लचको काम यति मात्र होइन, यसलाई इन्जिन ब्रेकिङ भनेर पनि बुझिन्छ । सामान्यतया हामी बाइकलाई ब्रेक लगाएर रोक्ने गर्छौ तर, प्रो राइडरहरु जो ट्रयाकमा बाइक चलाउने गर्छन् उनीहरु कमै मात्र ब्रेकको प्रयोग गर्ने गर्छन् । 

मानौ बाइक १०० को स्पीडमा ५ गियरमा चलिरहेको छ, अगाडि कुनै बस्तु आयो र बाइकको स्पीड कम गर्नु पर्यो, यस्तो अबस्थामा ब्रेकको प्रयोग गर्दा बाइक स्कीड भई दुर्घटना हुने सम्भावना धेरै हुन्छ । यस्तो अवस्थामा इन्जिन ब्रेकिङ प्रयोग गर्नु उपयुक्त हुन्छ । 

क्लच समाएर गियरलाई डाउनगरी क्लच पुरै छाड्दा बाइकको स्पीड कम हुन्छ तर बाइकको आरपीम भने सबै भन्दा माथी पुग्छ । एकै पटक तिब्र गतिबाट गति कम हुँदा इन्जिनमा ठूलो आवाज आउने हुन्छ साथै बाइकको कन्ट्रोलपनि गुम्न सक्छ । यसको असर सिधा क्लच, इन्जिन र रियर ह्वीलमा पर्छ ।

यस्तो अबस्थामा बाइकमा स्लीपर क्लच छ भने, १०० को स्पीडबाट बाइकलाई रोक्नु पर्ने अबस्थामा क्लच समाएर गियर डाउन गरी क्लच रिलिज गर्दा सामान्य क्लचको तुलनामा निकै सहजताका साथ बाइक कन्ट्रोलमा आउँछ ।   

केही समय पहिलासम्म महंगो बाइकमा मात्र प्रयोग हुने गरेको स्लीपर क्लच हाल मध्यम मूल्यको बाइकमा समेत उपलब्ध हुन थालेको छ । टीभीएस २०० फोरभी रेसिङ्, आर१५ भी३, बेनेली २५० जस्ता बाइकहरुमा स्लीपर क्लच उपलब्ध रहेका छन् । 

स्लीपर क्लचले कसरी काम गर्छ

माथी उल्लेख गरे जस्तै स्पीडमा रहेको बाइकलाई ५ गियरबाट ४ गियरमा डाउन गर्दा इन्जिन आरपीएम रेडलाइनमा पुग्दैन, तर थोरै आरपीएम भने बढ्छ । सामान्य क्लच भएको बाइक १२ हजार आरपीएममा पुग्छ भने, स्लीपर क्लच भएको बाइकमा ८ हजार आरपीएममा पुग्छ । 

स्लीपर क्लचको मतलब स्लीप हुनु हो । जब स्लीपर क्लच प्रयोग गरिन्छ यसले इन्जिन र रियर ह्वीललाई अलग गर्ने काम गर्छ । त्यसले इन्जिन र रियर ह्वीलको गतिलाई समानान्तर गराउँछ । 

यसले बाइक कर्नरिङ, स्पीड डाउन, इन्जिन ब्रेकिङ जस्ता कार्यमा सहजता ल्याउँछ भने बाइकमा गियर चेन्ज गर्दा हुने झट्का कम हुन्छ ।



image not found