सामान्य शिक्षा, कडा मिहेनत र महिन्द्रा बलेरोको साथले मासिक १३ लाख आम्दानी गर्नेः विष्णु श्रेष्ठ

Not found

काठमाडौं । धेरै पैसा कमाउन टाईसुट लगाएर गर्नुपर्ने काम वा अन्य हेराफेरी गर्नुपर्छ भन्ने छैन । उद्यमशीलतालाई अगाडि बढाउने मानिस चर्चित नभए पनि मनग्य आम्दानी गर्न सक्छ ।

यस्तै, एक पात्र हुन्, विष्णु श्रेष्ठ । तपाईंलाई यो सुन्दा अचम्म लाग्न सक्छ, उनले नेपालमै वर्कशप  र बलेरो गाडी चलाएर मासिक १३ लाख रुपैयाँ आम्दानी गर्दैआएका छन् ।

आफ्नो मिहेनतले सफलताको खुड्कीलो चढ्दै गएर उनले यो सफलता प्राप्त गरेका हुन् । मानिसको सफलताको पहिलो सूत्र नै परिश्रम हो । यहाँ नै मिहेनत गरे सफलता पाइन्छ, तर मानिसहरू यहाँ केही छैन भन्दै विदेशिने क्रम जारी नै छ । यस्ता मानिसलाई यही केही गर्न सकिन्छ भन्ने गतिलो उदाहरण हुन्, श्रेष्ठ ।

उनी भन्छन्, ‘त्यसबेला गाडीको लाइसेन्सले टेम्पो गुडाउन पाईंदैनथियो । त्यही कारण आफूले धेरैपटक जरिवाना तिर्नु पथ्र्यो । 

उसो त श्रेष्ठ पनि विदेश नगएका होइनन् । तर, केही समय त्यहाँ काम गरेर फर्केर आएर यही काम गर्दै आएका छन् । 

१३ वर्षको उमेरमा बुबा गुमाएका श्रेष्ठ सिन्धुपाल्चोकमा जन्मिएका हुन् । अहिले पनि उनको आमा त्यही बस्दैआएकी छिन् । उनले आमालाई धेरैपटक उपत्यकामै ल्याएर राख्ने कोशिस नगरेका हैनन्, तर आमाको मन न हो, पुर्खाैंली घर छोड्न कहाँ मान्नु श्रेष्ठ सुनाउँछन् । 

मामाघरमा बसेर पढ्दै गरेका श्रेष्ठले बुबाको निधनपछि चाहना हुँदाहुँदै पनि आफ्नो पढाई पूरा गर्न नपाएको सुनाए । 

खेती किसानी गरेर जीवन चलाईरहेको समय १८ वर्षको उमेरमा विवाह भयो, केही वर्षमै उनको २ सन्तान जन्मिए, ‘एक छोरा र एक छोरी’ । परिवारमा सदस्य बढेसँगै उनलाई आफ्नोभन्दा बच्चाको भोक र भविष्यको चिन्ताले सताउन थाल्यो ।

दिनहरू बित्दैथिए, एकदन उनको मामाको छोराले उनलाई काठमाडौंमा आर्मीमा भर्ती हुन जाने प्रस्ताव गरे । उनलाई पनि सरकारी जागिरको लोभले तान्निहाल्यो ।

भर्खर किशोरावस्थामा रहेका उनी मामाको छोरासँगै काठमाडौं पसे । काठमाडौं पसेर आर्मीमा भर्ती हुन एक महिनासम्म प्रयास गरे पनि उनी अन्ततः निराश हुँदै गाउँ फर्कन बाध्य भए ।

त्यसपछि उनी गाउँमा किराना पसल चलाउन थाले, भैंसी पाले त्यसैले उनको गुजारा चल्थ्यो । करिब दुई वर्ष पसल सञ्चालन गर्दा पनि त्यसले घरको आवश्यकता पूरा हुन नसकेको आभाष भएपछि उनले पोखराको गन्तव्य रोजे ।

नयाँ गन्तव्यमा उनको नयाँ काम थियो, होटल । पोखराको होटलमा काम गर्न पुगेका श्रेष्ठ आफ्नै केही गर्नुपर्छ भन्ने विषय सचेत थिए । होटलमा काम सकिएपछि दैनिक एक घन्टा ड्राइभिङ्ग सिक्न उनले समय छुट्याए ।


गाडी चलाउन सिकेका उनले केही समयपछि चारपाङ्ग्रे गाडी चालक अनुमति–पत्र (लाइसेन्स) निकाले । सवारीचालक अनुमति–पत्र हातमा परेपछि उनी पोखरा छाडेर काठमाडौं आए ।

‘लाइसेन्स लिएपछि काठमाडौं आए, ट्याम्पो भाडामा लिएर चलाउन पाइन्थ्यो, एउटा ट्याम्पो लिएर चलाउन थाले’, श्रेष्ठ विगत सम्झँदै भने ।

उनी भन्छन्, ‘त्यसबेला गाडीको लाइसेन्सले टेम्पो गुडाउन पाईंदैनथियो । त्यही कारण आफूले धेरैपटक जरिवाना तिर्नु पथ्र्यो । 

ट्याम्पो चलाएर पनि जीवनमा केही गर्न सकिएलाजस्तो नलागेपछि विदेशिने अठोटसहित उनले पासपोर्ट बनाए ।

‘विदेशमा केही समय बसेर कमाएर ल्याउन पाए, नेपालमै केही गर्ने सोचकासाथ पासपोर्ट बनाए । पासपोर्ट बनाएको केही दिनमै साउदी जाने भिषा लाग्यो । नेपाल छाडेर जाने मन नभए पनि छोरा, छोरी, श्रीमतीको र आमाको सुन्दर जीवनको कल्पना गर्दै विदेशिए’, आफ्नो विगत उनले सुनाउँदै भने । 

कम्तीमा ५ वर्ष साउदीमा काम गरेर केही धन कमाएर नेपाल आउने सोच थियो । धेरै समय बस्न सकिएन ३ वर्षमै फर्किए, श्रेष्ठले भने ।

अब उनको पेशा पुनः सवारी चालकमा परिणत भयो । उनले बैंक लोनमा माइक्रोबस किने । माइक्रोबसको कमाईले बैंकको किस्ता तिर्न र बालबच्चा पढाउनको उनलाई सहज भयो ।

माइक्रोबस चलाएरै उनले आफ्नो छोरालाई इन्जिनियरिङ्ग र छोरीलाई नर्सिङ पढाए । 

आज गाडी लग्यो, भोलिपल्टमात्र लिन आउनु भन्थें । त्यसले आफ्नो एकदिन त्यसै खेर गएको आभाष हुन्थ्यो ।

पछि माइक्रोबसमा काम गर्ने सहचालकको अभाव र ट्राफिक समस्याबाट मुक्ति पाउन उनले माइक्रो बेचेर महिन्द्राको बलेरो किने । जसलाई रुटमा होइन आवस्यकता अनुसार चलाउन पाइन्थ्यो ।

एउटा माइक्रो बेचेको रकमले दुईवटा बलेरो किनेका उनले आफैँ चलाउने र भाडामा पनि दिने काम सुरु गरे । यसरी उनले महेन्द्राको बोलेर एकपछि अर्को थप्दै गए । क्रमिकरुपमा त्यसैको कमाईले बलेरोको संख्या थपिँदै गयो । कुनै समय उनीसँग बलेरोको संख्या १४ पुग्यो ।

गाडीको संख्या धेरै भएसँगै सर्भिसको समस्या आएको सुनाउँदै उनले भने, आज गाडी लग्यो, भोलिपल्टमात्र लिन आउनु भन्थें । त्यसले आफ्नो एकदिन त्यसै खेर गएको आभाष हुन्थ्यो ।

त्यसपछि उनी कसरी हरेक दिन गाडी गुडाउन पाइन्छ भनेर सर्भिसिङ्गको उपाय खोजीमा लागे । केही साथीहरूको पनि यही समस्या रहेको बताएपछि उनले सर्भिस सेन्टर खोल्ने निधो गरे ।

मासिक ५० हजार रुपैयाँ भाडा तिरेर डेढ रोपनी जग्गामा उनले वर्कसप सञ्चालन सुरु गरे । अहिले दैनिक १५ देखि २० वटा गाडी सर्भिसिङ्गका लागि आउने गरेको उनी बताउँछन् ।

कुनै दिन खेती, किराना पसल, होटलको काम, ट्याम्पो, माइक्रोजस्ता स्थानमा कर्म गरेर जीविका धान्ने उनी अहिले १२ जनालाई वर्कशपमा रोजगारीसमेत दिइरहेका छन् ।

आफ्नो ध्यान सर्भिसतिर भएपछि गाडी चालकले धेरै दुःख दिन थाले, गाडीको संख्या घटाउँदै लगे ।

छोरो इन्जिनियर भएको फाइदा उनले आफ्नै घरको नक्सा बनाउने बेला लिए । ललितपुरको एकान्तकुनामा रहेको उनको घर आफ्नै छोराको डिजाइनमा एक करोड रुपैयाँ खर्च गरेर बनाएको उनी बताउँछन् ।

अहिले वर्कशप सञ्चालन गर्दैआएको पनि ५ वर्ष भएको छ । ६ वटा बोलेरोको साथ पनि छर्दैछ । सर्भिसिङ्ग नपाएर एकदिन पनि गाडी रोकिएर बस्नु पर्दैन । सधैँ मेहेनतमा विश्वास गर्ने उनी अरूलाई पनि गाडी किन्दै हुनुहुन्छ भने महेन्द्राकै बोलेरो किन्दा उपयुक्त हुने सल्लाह दिन्छन् । 

कुनै दिन खेती, किराना पसल, होटलको काम, ट्याम्पो, माइक्रोजस्ता स्थानमा कर्म गरेर जीविका धान्ने उनी अहिले १२ जनालाई वर्कशपमा रोजगारीसमेत दिइरहेका छन् ।

अहिले एउटा गाडीले मासिक ९० हजार रुपैयाँको दरले आम्दानी गर्दैआएको श्रेष्ठले बताए । त्यति नै आम्दानी वर्कशपबाट हुने गरेको बताउने श्रेष्ठको मासिक आम्दानी करिब १२ देखि १३ लाख रुपैयाँ रहेको छ ।



image not found