भाडामा यात्रु बोक्ने मोटरसाइकललाई कालो नम्बर प्लेट

Not found

काठमाडौं । यातायात व्यवस्था विभागले भाडामा यात्रु बोक्ने मोटरसाइकललाई पनि कालो नम्बर प्लेटको व्यवस्था गर्न प्रस्ताव गरेको छ । त्यसो नगर्ने हो भने टुटल र पठाओजस्ता सेवा नै बन्द गर्ने विभागको तयारी छ ।

विभागले अघिल्लो साता विकास समितिमा यातायात क्षेत्र सुधारको योजना यस्तो उल्लेख गरेको हो । टुटल तथा पठाओ जस्ता सेवाले मोटरसाइकलबाट यात्रु ओसार पसार गरेको देखिएकाले यो कानुन विपरित रहेको विभागको भनाई छ ।

विभागले गरेको प्रस्ताव अनुसार यस्ता सेवा दिनेलाई कानुन बमोजिम नै बनाउन कालो नम्बर प्लेट दिने, करको दायरमा ल्याउनले, बीमाको व्यवस्था गर्ने, भाडा निर्धारण गर्नेलगायत काम आवश्यक रहेको छ ।

यसरी कानुन अनुसार सञ्चालनको व्यवस्था गर्ने नसक्ने हो भने यस्तो सेवा नै बन्द गर्नुपर्ने विभागको भनाई छ । टुटल र पठाओले लामो समयदेखि मोटरसाइकलमा भाडाका यात्रु बोक्ने प्लेटफर्म सञ्चालन गर्दै आएका छन् ।

विद्यमान कानुन अनुसार रातो नम्बर प्लेटका सवारीले भाडामा यात्रु बोक्न पाउँदैन । साथै यसरी यात्रु बोक्दा दुर्घटना भए के गर्ने, यात्रु बीमा के हुने, भाडा कति लिनेलगायत विषयमा प्रश्न उठेपछि विभागले यस्तो प्रस्ताव गरेको हो ।

विभागले केही समयअघि टुटल र पठाओको सेवा बन्द गर्ने भने पनि प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको ठाडो निर्देशनमा सञ्चालन गर्न दिइएको हो । 



image not found