महिन्द्रा बलेरेको स्पेशल एडिसन सार्वजनिक, यस्तो छ नयाँ विशेषता

Not found

भारतीय र नेपाली कच्ची सडकको राजा मानिने महिन्द्रा एण्ड महिन्द्राको चर्चित एसयूभी बलेरोको पावर प्लस स्पेशल एडिसन सार्वजनिक भएको छ । यसको मूल्य टप स्पेक बलेरेको तुलनमा करिब २२ हजार भारतीय रुपैयाँ बढी रहेको छ । 

बलेरो टप स्पेक पावर प्लस जेडएलएक्समा थुप्रै कस्मेटिक परिवर्तन सहित यो एसयूभीको भित्री र बाहिरी सबै आवरणमा कस्मेटिक परिमार्जनले गाडीलाई निकै आकर्षक बनाएको छ । 

नयाँ बलेरोमा अगाडि र पछाडि स्काफ प्लेट दिइएको छ भने फग ल्याम्प, अगाडिको स्पोइलर, स्पोर्टलाइट र ह्वील कभर नयाँ दिइएको छ । कम्पनीले स्पेशल एडिसनमा कार्पेट, सिट र स्टेरिङ्ग कभर आकर्षक प्रयोग गरेको छ । 

कम्पनीले भारतीय प्रदुषण मापदण्ड बीएस फोर इन्जिनमा ल्याएको स्पेशल एडिसनमा १.५ लिटर थ्री सिलिण्डर युक्त इन्जिनले ७१ एचपी पावर र १९५ एनएम टर्क जेनेरेट गर्ने क्षमता राख्छ ।

यसमा सुरुक्षा फिचरको रुपमा ड्राइभर साइड एयरव्याग, एबीएस, पार्किङ्ग सेन्सर,सिट बेल्ट रिमाइन्डर, स्पीड वार्निङ्ग सिस्टम र सेन्टर लक सिस्टम रहेको छ । 



image not found