एक वर्ष अघि नै आयो अल्टो बीएस–६ इन्जिनमा, यस्तो छ मूल्य

मारुती सुजुकी इन्डियाले आफ्नो लोकप्रिय कार अल्टोको फेसलिफ्ट भर्सन सार्वजनिक गरेको छ । कम्पनीले भारतमा सन् २०२० अप्रिलदेखि लागु हुने प्रदूषण मापदण्ड बीएस–६ इन्जिनसहित एक वर्ष अघि नै नयाँ अल्टो बजारमा ल्याएको हो । 

अल्टो ८०० बीएस–६ मापदण्ड अनुरुप पेट्रोल इन्जिनमा उपलब्ध भएको छ । अल्टो बीएस–६ मापदण्डमा आउने मारुती सुजुकीको दोस्रो कार बनेको छ । बुधबार मारुतीले भारतीय बजारमा नयाँ अल्टो सार्वजनिक गरेको हो भने मंगलबार बलेनो बीएस–६ स्ट्यान्डर्डमा सार्वजनिक गरेको थियो । 

२०१९ मारुती सुजुकी अल्टोमा केही परिमार्जजन गरिएको छ । कम्पनीको वेस्ट सेलिङ कार अल्टोमा केही नयाँपन दिन खोजिएको मारुती सुजुकीका सिनियर एक्जुकेटिभ डिरेक्टर आरएस काल्सीले बताए । थप सुरक्षा विशेषतासहित कारलाई स्टाइलिस बनाइएको उनको भनाई छ । 

२००० मा सार्वजनिक भएयता हालसम्म अल्टो ३७ लाख भन्दा बढी बिक्री भइसकेको छ । भारतमा नयाँ कार किन्ने करिब ५८ प्रतिशत उपभोक्ताको पहिलो रोजाईमा अल्टो पर्ने गरेको छ । 

नयाँ अल्टो बीएस–६ मापदण्डमा आउने भारतको पहिलो इन्ट्रिलेवल कार बनेको छ । नयाँ अल्टोले प्रति लिटर २२.०५ किलोमिटर माइलेज दिने दाबी कम्पनीले गरेको छ । 

नयाँ अल्टो ८०० बीएस–६ ७९६ सीसी ३ सिलिन्डर इन्जिनमा उपलब्ध छ । जसले ६ हजार आरपीएममा ४८ पीएस र ३५ सय आरपीएममा ६९ एनएम टर्क दिन्छ । नयाँ अल्टो विभिन्न ६ रंगमा उपलब्ध छ । 

नयाँ अल्टोमा एबीएस, इबीडी, एयरब्याग, रिभर्स पार्किङ सेन्सरलगायत सुरक्षा विशेषता रहेको छ । २०१९ अल्टो ८०० को मूल्य २ लाख ९३ हजार ६८९ भारुदेखि ३ लाख ७१ हजार ७०९ भारुसम्म रहेको छ । 


Back_to_top