धादिङमा बस दुर्घटना, ४ जना गम्भीर घाइते

Not found

धादिङको नीलकण्ठ नगरपालिका –१३ केरौँजामा यात्रुबाहक बस दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको जनाएको छ ।घाइतेहरुको जिल्ला अस्पताल धादिङमा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौं पठाइएको छ ।  

नेत्रावती गाउँपालिकाको सेमजोङबाट धादिङवेशी आउँदै गरेको बा ४ ख ५७९३ नम्बरको बस सडकबाट धानखेतमा खसेको थियो ।सहचालकले चलाएको कारण बस दुर्घटना भएको बताइएको छ । बसमा चालकसहित जम्मा ७ जना यात्रु भएकाले धेरै क्षति हुन नपाएको स्थानीयले बताएका छन् । 







image not found