स्मार्ट ड्रेसमा बस टिकट काउन्टरका कर्मचारी (फोटोसहित)

काठमाडौं । महानगरिय ट्राफिक प्रहरी, महानगरपालिका र यातायात व्यवसायीहरुले केही समय अघि यातायात क्षेत्रलाई व्यवस्थित गर्ने सहमति भएको थियो । त्यही अनुरुप उपत्यकामा रहेका बसपार्क व्यवस्थित गर्न काउन्टरमा बस्नेले अनिर्वाय रुपमा ड्रेस र कार्ड लगाउनु पर्ने व्यस्था लागु भएको छ । 

उक्त अभियान नयाँ बसपार्कबाट सुरु गरिएको हो । बसको टिकट काट्न काउन्टरमा बसेका कर्मचारीहरु बैंकको काउन्टरमा बसेका कर्मचारी भन्दा कम देखिएका छैनन् । 

बसपार्कलाई व्यवस्थित बनाउन र यात्रुहरुलाई सहज ढंगले सेवा दिन व्यवसायीहरु पनि तत्पर रहेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए । ‘यातायात क्षेत्रको सुधारका लागि हामी व्यवसायीहरु सबैसँग मिलेर सहज सेवा दिन तयार छौं,’ सिटौलाले भने, ‘यो उक्त अभियानको सुरुवात हो र यसलाई देशभर लागु गर्ने छौं ।’ 

ट्राफिक प्रहरी तथा यातायात व्यवस्था विभागले पनि यस विषयमा कदम चाल्दै आएका छन् । सबैको सहयोगमा यातायात क्षेत्रको सुधारमा व्यवसायीहरु लागि पर्ने सिटौलाले बताए । 


Back_to_top