काठमाडौं । विश्वकै ठूलो ब्याट्री उत्पादक कम्पनी सीएटीएल र बीवाइडी बीच कडा प्रतिस्पर्धा चलिरहेको छ । यी दुबै कम्पनी बीचको प्रतिस्पर्धाले ब्याट्री टेक्नोलोजी विकासमा समेत ठूलो सहयोग पुग्दै आएको मान्न सकिन्छ ।
बीवाइडीले लिथियम आयोन फस्फेट व्लेड ब्याट्री २.० यहि वर्षको दोस्रो हाफमा ल्याउने जनाएको छ । चिनियाँ मिडियाका अनुसार बीवाइडीको नयाँ ब्याट्रीले ‘सीक्स-सी’ चार्ज रेट सपोर्ट गर्नेछ । कम्पनीले ल्याउने नयाँ ब्याट्री १० मिनेटमै फुल चार्ज हुनेछ ।
सीएटीएलले भने केहि महिना अघि मात्रै फाइभ-सी चार्जिङ क्यापासीटीको ब्याट्री सार्वजनिक गरेको थियो । उक्त ब्याट्रीलाई पनिलो पटक जीकर-००१ मोडलमा प्रयोग भएको छ ।
सीएटीएलको सेम्जीङ ब्याट्रीमा फाइभ-सी चार्जिङ रेट रहेको छ । त्यसैले नयाँ जीकर-००१ शून्यबाट ८० प्रतिशत चार्ज गर्न केबल ११.५ सेकेन्ड लाग्छ । ११.५ मिनेट चार्ज गर्दा कार ४७२ किलोमिटरसम्म गुडाउन सकिने सीएलटीसी रेन्जको टेष्टबाट प्रमाणित भएको छ ।
ईभीमा प्रयोग हुने हाइ भोल्टेज ब्याट्रीको सीक्स-सी चार्जिङ भन्नाले १ घण्टाको ६ भागको १ भाग समयमै ब्याट्रीलाई फुल चार्ज गर्नु हो । सीक्स-सी चार्जिङ रेट भएको ब्याट्री प्याक केबल १० मिनेटमै फुल चार्ज हुनेछ ।
त्यस्तै, फाइभ-सी चार्जिङ भन्नाले १ घण्टाको ५ भागको १ भाग हुनेछ । यदि कारमा फाइभ-सी चार्जिङ सपोर्ट गर्ने व्याट्री प्याक छ भने, ६० मिनेटको ५ भागको १ भाग अर्थात् १२ मिनेटमै ब्याट्री फुल चार्ज हुनु पर्छ ।
ब्याट्रीको चार्जिङ क्यापासीटी मात्र बढि भएर हुँदैन चार्जिङ इन्फ्रास्ट्रक्चर पनि सोहि क्षमताको हुनु पर्छ । फोर-सीबाट फाइभ-सी क्षमतामा चार्ज गर्नकै लागि कम्तीमा पनि ३६० किलोवाट क्षमताको चार्जरको आवश्यकता पर्छ ।
सीक्स-सी चार्जिङका लागि ६०० किलोवाट अल्ट्राफास्ट चार्जरको जरुरत पर्छ । यस्तो चार्जर गत फ्रेब्रुअरीमा हुवावेले देखाएको थियो । चीनमा एलआई अटोले सन् २०२५ सम्ममा ५ हजार वटा फाइभ-सी सपोर्ट गर्ने सुपर चार्जर स्थापना गर्ने योजना बनाएको छ ।