बीवाईडीको ‘युआन’ बन्यो सर्वाधिक बिक्री हुने क्रसओभर, फुल चार्जमा ५३५ किमि माइलेज

Not found

चिनियाँ इलेक्ट्रीक सवारी उत्पादक कम्पनी बीवाईडीले ठूला बसका साथै प्यासेन्जर कार समेत बनाउँदै आएको छ । कम्पनीले बनाएको प्यासेन्जर सवारी युआन चीनमा निक्कै लोकप्रिय बनेको छ । 

बीवाईडी युआन स्मल इलेक्ट्रीक क्रमओभर हो । यो प्लग–इन कार सेगमेन्टमा चीनको सबैभन्दा धेरै बिक्री हुने कार हो । गएको ११ महिनाको अवधिमा बीवाईडीले ६६ हजार ५ सय ७३ युआन बिक्री गरेको थियो । 

यो वर्षको पहिलो चार महिनामा ३० हजार ८ सय ७४ वटा युआन इलेक्ट्रीक कार बिक्री भएको तथ्यांक बाहिर आएको छ । 

यो कारमा विगतमा २४ किलोवाटको व्याट्री प्रयोग भएकोमा नयाँ आएको मोडलमा ५३.२२ किलोवाटको व्याट्री प्रयोग भएको छ । यो भर्सनलाई कम्पनीले इभी–५३५ भनेको छ । यसको कारण हो युआन इभीले एक पटकको फुल चार्जमा ५ सय ३५ किलोमिटर माइलेज दिन्छ । यसलाई स्लो स्पीडमा र हाई स्पीडमा गुडाउँदा फरक माइलेज प्रदान गर्छ । स्लो स्पीडमा ५सय ३५ किलोमिटर र हाई स्पीडमा ४ सय १० किलोमिटर माइलेज दिने कम्पनीले जनाएको छ । 

यो गाडीको मूल्य १ लाख ९ हजार ९ सय चिनियाँ युआन (१५ हजार ९ सय २७ अमेरिकी डलर) रहेको छ । बीवाईडी युआनका दुवै भर्सन ७० मिनेटमा ८० प्रतिशत चार्ज गर्न सकिन्छ । 



image not found