जमलमा कार दुर्घटना, कारबाट इन्जिन नै उछिट्टियो

काठमाडौं । काठमाडौंको जमलमा कार दुर्घटना भएको छ । आज बिहान करिब सवा ७ बजे जमलस्थित ज्योति भवन अगाडि बा११च ३६०४ नम्बरको कार दुर्घटना भएको हो ।

यो दुर्घटना यति भयानक थियो कि कारबाट इन्जिन नै उछिट्टिएर निस्किएको छ भने कार सडक पेटीमा उल्टिएको छ । यस घटनामा कुनै मानविय क्षति भने भएको छैन ।दुर्घटनामा चालक बिजेन दुवाल श्रेष्ठ सामान्य घाइते भएका छन् । कारमा तीन जना रहे पनि सबै सकुशल रहेको प्रहरीले जनाएको छ । श्रेष्ठ मच्छिन्द्र आयल स्टोरका सन्चालक हुन् । उनको खुट्टामा सामान्य चोट लागेको छ ।


Back_to_top