बजेट पछि कति पर्छ कार र मोटरसाइकलको सडक कर (सूचीसहित)

Not found

काठमाडौं । सरकारले आयात हुने सवारीसाधनमा प्यासेन्जर कारमा मूल्यको १० प्रतिशत र मोटरसाइकलमा २ लाख रुपैयाँसम्म सडक निर्माण दस्तुर कायम गरेको छ । 

२ हजार सीसीसम्म इन्जिन क्षमता भएका कार, जीप र भ्यानको सडक निर्माण दस्तुर मूल्यको ८ प्रतिशत निर्धारण गरेको छ । त्यस्तै २ हजार सीसीभन्दा माथिका कार, जीप तथा भ्यानमा सडक निर्माण दस्तुर सवारी मूल्यको १० प्रतिशत रहेको छ । 

त्यस्तै मोटरसाइकलमा १ सय ५५ सीसीसम्मका लाई १५ हजार रुपैयाँ सडक निर्माण दस्तुर लाग्छ । १ सय ५६ सीसीदेखि २ सय ५० सीसीसम्मका प्रत्येक मोटरसाइकलमा १८ हजार रुपैयाँ दस्तुर काय गरिएको छ । 


२ सय ५१ सीसीदेखि ४ सय सीसीसम्मका मोटरसाइकलमा ५० हजार रुपैयाँ सडक निर्माण दस्तुर कायम हुँदा ४ सय १ सीसीदेखि माथिका सबै मोटरसाइकलमा प्रति मोटरसाइकल २ लाख रुपैयाँ कायम भएको छ । 

त्यस्तै माइक्रोबस, बस, ट्रक, टिपर, मिक्सचर, मिनिबस, मिनिट्रकलगायत सवारीसाधनमा मूल्यको ७ प्रतिशत सडक निर्माण दस्तुर लाग्ने व्यवस्था गरिएको छ । 

अर्थमन्त्री युवराज खतिवडाले बुधबार संघीय संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७६/७७ को बजेटमा भने सडक निर्माण दस्तुरमा कुनै परिवर्तन गरिएको छैन । खतिवडाले अघिल्लो वर्ष ल्याएको चालू आवको बजेटमा नै सडक निर्माण दस्तुरमा व्यापक वृद्धि गरेका थिए । 



image not found