नयाँ कार किन्नु भयो ? सुरुमा चलाउँदा यी ४ कुरामा ध्यानु दिनुहोस्

नयाँ कार किनेपछि के गर्नु हुन्छ ? के गर्नु हुँदैन ? भन्ने विषयमा थुप्रै चर्चा हुने गरेको पाईन्छ । कुनै ग्यारेजले के नगर, अर्कोले के भन्ने गरेको पाईएपनि गाडी बिक्रेता कम्पनीले सभिर्सिङ आउने समय र म्यानुयल बुक हातमा थमाएर गाडी डेलिभरी दिने गरेका छन् । यस्तोमा प्रायः सबैलाई के गर्नुहुन्छ वा हुँदैन भन्ने विषयको ज्ञान भएको पाईदैन । 

नेपाल जस्तो देशमा एउटा सानो कार किन्नु भनेको करिब २२ देखि २५ लाखरुपैयाँ खर्च गर्नुपर्ने अवस्था आएको छ । त्यसैले नयाँ कार किनेपछि त्यसलाई कसरी चलाउने भन्ने विषयमा हामीले तपाईलाई केही टिप्स दिने प्रयास गरेका छौं ।

सबैभन्दा पहिला म्यानुयल बुक पढ्नुहोस्

धेरै मानिसले कारधनीले कम्पनीले दिएको म्यानुयल बुक पढ्ने गरेको पाईदैन । म्यानुयल बुकमा प्रस्टसँग धेरै पार्ट र अत्याधुनिक फिचरको बारेमा उल्लेख गरेको पाईन्छ । पछिल्लो समयमा आएका कारमा थुप्रै फिचरहरुमा परिर्वतन भइरहने भएकाले त्यसको जानकारी राख्नपनि म्यानुयल बुक पढ्न जरुरी हुन्छ । म्यानुयल बुक पढेर त्यहाँ दिइएको जानकारी अनुसार कार चलाउनु सबैभन्दा उत्तम हुन्छ । 

पहिलो सर्भिसिङ्ग

सामान्यतया कार बिक्रेता कम्पनीहरुले २ हजार किलोमिटर गुडाएपछि कारलाई पहिलो सर्भिसिङको लागि बोलाउने गरेका छन् । यदी तपाईलाई गाडीमा केही समस्या आएको अनुभव वा शंकालागेमा तत्काल सर्भिस सेन्टर लाँदा उपयूक्त हुन्छ । 

छोटो दुरीको यात्रा

नयाँ कार लिनु भएको छ भने लामो यात्रामा तत्काल निस्कनु उपयूक्त हुँदैन । गाडीको पहिलो सर्भिसिङ पछिमात्रै बाहिर जहाँ लाँदा पनि उपयूक्त हुन्छ । लामो दुरीमा सुरुमानै लिएर निस्कदा इन्जिन सहिरुपमा ट्युन हुन पाउँदैन ।

उच्चगति र ओभरलोड 

नयाँ गाडीमा धेरै लोड बोक्दा गाडीको इन्जिनमा उच्च दवाव पर्नसक्छ । लोडले सधै गाडीलाई समस्या पार्न सक्छ । त्यसैले गाडीमा ओभरलोड बोक्नु हुँदैन । साथै सुरुवाति समयमा गाडीलाई उच्च गतिमा चलाउँदा पछि इन्धन खपतमा निकै चाप पर्नेछ । 


Back_to_top