तिव्र गतिमा हावा चलेको छ, यसरी चलाउनुहोस् गाडी

Not found

काठमाडौं । पछिल्लो समय हावाहुरी, वर्षात, पहिरो, बाढी लगायतका कारण सडक दुर्घटना हुने गरेको समाचार प्रसस्तै आउने गरेका छन् । त्यसमा पनि फागुनदेखि असारसम्म निक्कै हावाहुरी चल्ने गर्छ । 

निक्कै तिव्र वेगमा चलेको हावाको कारणले ड्राइभरले कारलाई नियन्त्रण गर्न नसक्ने अवस्था समेत सिर्जना हुने गरेको हामीले देखेका छौ । जसको कारण सडक दुर्घटना हुने गर्छ । तिव्र वेगको हावा चलेको समयमा कसरी ड्राइभिङ गर्ने भन्ने विषयमा केही जानकारी दिने प्रयास गरेका छौं । 

कस्तो जोखिम ?

एक्कासी तिव्र गतिमा चलेको हावाले कारको गार्डलाई असर पार्न सक्छ । ह्यान्डलीङ र ब्रेकिंंग सिस्टममा प्रत्यक्ष प्रभाव पर्छ । आफ्नो अगाडि÷पछाडि गुडेका ठूला गाडी पल्टेर थिच्न सक्ने संभावना पनि उच्च रहन्छ । यतिमात्रै नभई, साइकल, मोटरसाइकल, मोपेड, रिक्सा, टेम्पो जस्ता साना सवारी आएर ठोक्किन सक्ने सम्वना रहन्छ । 

असुरक्षीत क्षेत्र

विशेषत, खुल्ला सडक, हाइवेमा वारिबाट पारि जान क्रस गर्ने क्रममा विशेष सजग रहनुपर्छ । पहाडी क्षत्रेमा भने टनेल, रोड कट जस्ता क्षेत्रमा विशेष सावधानी अपनाउनु पर्छ । उच्च क्षेत्रमा राखिएको पुल पारगर्ने समयमा विशेष ध्यान दिनुपर्छ । साना सवारीलाई अलर्ट गराउनु पर्छ भने, ग्रामिण वा सहरी क्षेत्र जहाँ धेरै रुख रहेको हुन्छ । त्यस्ता क्षेत्रमा विशेष सुरक्षीत र सजग रहनुपर्छ । हाइ भोल्टेजको तार मुनि कार चलाउनु हुँदैन । 

सुरक्षित रहने उपाय

वहानको क्षमता र अवस्था

आफ्नो सवारी तिव्र गतिको हावा लागेको समयमा गुड्न सक्छ वा सक्दैन भन्ने पहिल्यै निश्चित गर्नुपर्छ । कारमा ओभर लोड राख्नु हुँदैन । ओभरलोडले दुर्घटना निम्त्याउँन सक्छ । 

ड्राइभिङ सुरु गर्नुपूर्व बनाउनुहोस् यस्तो योजना

ड्राइभिङ सुरु गर्नुपुर्व हरेक चालकले आफ्नो यात्रा कतिको सुरक्षित  बनाउने भन्ने योजना बुन्नुपर्छ । समाचार वा मौषमको जानकारीलाई ध्यान दिएर सुन्नुपर्छ । सकेसम्म साँघुरा सडक वा लेनबाट नजानु उयुपक्त हुन्छ । रुख धेरै भएको बाटोबाट सकेसम्म हिड्नु हुँदैन । आपतकालिन रुपमा आइपर्न सक्ने समस्यालाई न्युनिकरण गर्न फुल्ली चार्ज मोबाइल फोन, वार्म, वेदरप्रुफ लुगा लिएर हिड्नुपर्छ ।  तिव्र गतिमा हावा चलिरहे सकेसम्म सुरक्षीत पार्किङ स्थलमा कार पार्किङ गर्ने योजना बनाउनुपर्छ । 

तिव्र गतिको हावासँग डिफेन्स

तिव्र गतिको हावा चल्दा चल्दै पनि ड्राइभिंग गर्नुपर्ने अवस्था आए डिफिसेन्सिभ एटिट्युड बनाउनु पर्छ भने, सिटबेल्ट लगाउनु पर्छ । आफ्नो सम्पुर्ण ध्यानमा रोड र रोडमा गुडेका अन्य सवारीमा दिनुपर्छ । सबै किसिमका डिस्ट्राक्सनलाई मतलब नगरी अगाडि बढ्नुपर्छ । रुख, हेज र ओभरहेड क्याबेलमार्फत हावाको दिशा अध्ययन गर्नुपर्छ । आफ्नो अगाडि पछाडि गुडेका सवारीको अवस्था अनुसन्धान गर्नुपर्छ । 

स्टेयरिंग र सवारीको नियन्त्रण

आफ्नो दुबै हात स्टेयरिंगमा लगाउनुपर्छ भने दुबै आँखा रोडमा केन्द्रित गर्नुपर्छ । गतिलाई कम गर्नुपर्छ  भने, अत्याधिक तिव्र गतिमा हावा चले तत्काल राक्ने सक्ने मानशिकता बनाउनु पर्छ । अगाडि र पछाडिको कारबीचको दूरी कायम गर्नुपर्छ । धुलो, धुवाँ, वर्षात र हिउँ परेको अवस्थामा हेडलाइट अन गर्नुपर्छ । 



image not found