भर्खर ड्राइभिङ सिकेकाले यसरी चलाउनुस् कार

Not found

काठमाडौं । प्रायः सबै मानिसमा कारको शोख हुने गर्छ । आफ्नो जीवनकालमा कार किन्ने, कार चलाउने जस्ता सपना बनाउने गर्छन । मान्छेको रुची अनुरुप नै बजारमा सस्तादेखि अत्याधिक महङ्गा र सामान्यदेखि अत्याधिक सुुविधा सम्पन्न कारको उपलब्ध रहेको छ ।

सबै वर्गका मानिसले खरिद गर्न सक्ने खालका कारको उत्पादन भएसँगै पछिल्लो समय कार किन्ने, चलाउने मानिसको संख्या पनि उल्लेख्य रुपमा बढेको छ । तर, कार किन्नुसंगै चलाउने सिप हुनु अर्काे महत्वपूर्ण कुरा हो । कतिपय मानिसलाई कार किनिहाले पनि सुरुवातमा चलाउँन निक्कै कठिन लाग्न सक्छ । यहाँ, पहिलोपटक कार चलाउदै गरेका चालकलाई कार चलाउन सहज बनाउने केही टिप्स उल्लेख गरिएको छ ।

कारको बारेमा पुरा जानकारी राख्ने

भर्खर कार चलाउँदै गरेका चालकले कार कसरी चलाउँने भन्नुभन्दा पहिले कारबारे जानकारी राख्नपर्छ । आपतकालिन अवस्थामा कसरी कार नियन्त्रणमा लिने भन्ने जानकारीका लागि पनि यस्ता सूचना राख्नुपर्छ । त्यस्ता कार चालकले गियर, एक्सिलेटर, क्लच र ब्रेक, कारको स्पीड तथा अन्य फिचर लगायतको विषयमा सबै जानकारी राख्नुपर्छ ।

उपयुक्त सिटिंग पोजिसन

कारमा बस्दा सिटिंग पोजिसन सधै ठिक राख्नुपर्छ । सिटमा बस्दा पिठिउ, घुडा र काँधमा असर नपर्नेगरि बस्नुपर्छ । साथै ब्रेक र क्लच प्रयोग गर्दा सहज हुनेगरि ड्राइभिंग सिटमा बस्नुपर्छ । ड्राइभिंग सिट चालक अनुसार एट्जस्ट गर्न सकिने गरि डिजाईन गरेको हुन्छ ।

सधै ड्राइभिंगमा ध्यान

कार चलाउँदा अन्यन्त्र ध्यान मोड्नु दुर्घटना हुने संभावना बढाउनु हो । त्यसैले, कारको रियर भ्यु मिरर, साईड भ्यु मिरर तथा क्यामरा सधैँ आफू अनुकुल मिलाएर राख्नुपर्छ । कार चलाउदा अगाडिको बाटोमा सधैँ ध्यान एकिकृत गरिरहनु पर्छ । संगै, ट्राफिक नियमे मुताबिक कार चलाउँनुपर्छ ।

तिव्र गतिमा कार नचलाउँने

सुरुवातमा सिक्दै गरेका कार चालकले तिव्र गतिमा कार चलाउनु हुदैन । पूर्ण रुपमा कार चलाउँने आत्मविश्वास नआएसम्म कार तिव्र गतिमा चलाउनु दुर्घटनालाई बढवा दिनु हो ।

स्टेयरिंगलाई सही तरिकाले पकड्ने

कार चालकले सधै आकस्मिक अवस्थामा कार कन्ट्रोल गर्न मिल्ने गरि कारको स्टेयरिंग समाउनुपर्छ । आधुनीक कारहरुमा चालकको साईज र हाईट अनुरुप स्टेयरिंग एट्जस्ट गर्नमिल्ने अफ्सन रहेको हुन्छ ।

अगाडिको गाडीसँग दूरि बनाउँने

अगाडिको कार र आफ्नो कारबीचको दूरि केही बढी राख्नुपर्छ । अगाडिको गाडी जुनसुकै बेला मोडिन वा रोकिन सक्छ । त्यस्तो बेला दुर्घटना हुने संभावना उच्च हुन्छ । त्यसैले सुरक्षाको लागि पनि एक दुई कार वरावरको दूरि राख्नुपर्छ ।

बिना मतलब हर्न नबजाउने

विशेषत वरपर रहेका मानिस वा गाडीलाई अलर्ट गराउनको लागि हर्न बजाउने गरिन्छ । तर, चालकले कहिले पनि बिना मतलब हर्न बजाउने गर्नुहुदैन ।

शान्त दिमागले ड्राइभिंग गर्ने

ड्राइभिङ गर्दा दिमाग शान्त राख्नुपर्छ । दिमागमा अन्य कुरा खेलाए दुर्घटना हुने संभावना बढ्छ । मोवाइलमा कुरा गर्दै कहिलेपनि सवारी चलाउनु हुदैन । 



image not found