कार पानीमा डुब्यो, यसरी जोगाउनुस् इन्जिन

Not found

काठमाडौं । अविरल वर्षाका कारण देशका धेरै भाग डुबानमा परेका छन् । लगातार परिरहेको वर्षाका कारण काठमाडौं उपत्यकासँगै तराई क्षेत्र डुबानमा परेको छ । वर्षाका कारण घर डुबेका छन् भने, धेरै स्थानमा गाडी डुबाएको समाचार र तस्विर आइरहेका छन् । पानीमा यसरी सवारी साधन डुब्दा धेरै क्षति पुग्न सक्छ । गाडी बिग्रने समस्या त छँदै छ इन्जिन समेत सिज हुने प्रवल सम्भावना हुन्छ ।

त्यसैले वर्षायाममा सवारी चलाउँदा अतिरिक्त सावधानी अपनाउनु पर्ने हुन्छ । यसरी वर्षातको समयमा गाडी डुबिहाले निम्न उपाय अपनाउन सकिन्छ ।

भुलेर पनि इन्जिन स्टार्ट नगर्नु

चालकले होस् पुर्याएमा कारको इन्जिन तथा गियरबक्स भित्र पानी छिर्दैन । त्यसका लागि यस्तो अवस्थामा भुलेर पनि इन्जिन स्टार्ट गर्ने प्रयास गर्नु हुँदैन । यदी इन्जिन स्टार्ट गरेमा पानी इन्जिनमा फैलिन गई धेरै इन्जिनका पाट्र्सहरू ड्यामेज हुने तथा इन्जिन नै सिज पनि हुन सक्छ । भारी बर्षाको कारण कैयौं स्थानमा कारलाई पानीले नै ढाकेको हुन्छ ।

कारलाई ठेलेर पानी भन्दा बाहिर निकाल्ने कोशिस गर्नु वा पानीको स्तर कम हुने समयसम्म पर्खिरहनु  । यस्तो अवस्थामा तुरून्त मेकानिक्ससँग सम्पर्क गर्नु पर्छ । 

पहिलो गियर भन्दा माथिको गियर प्रयोग नगर्नु

जमेको पानीबाट कार वा बाइक निकाल्दा जहिले पनि कम स्पीडमा ड्राइभिङ गर्नु पर्छ । जमेको पानीमा कार जहिले पनि पहिलो गियरमा चलाउनु पर्छ । यसले इन्जिनमा पानी छिर्न पाउँदैन । आवश्यक परेको समयमा ब्रेक लगाउँन पनि सजिलो हुन्छ । याद राख्नुस् जमेको पानीमा ड्राइभिङ गर्दा जहिले पनि स्पीड कम गर्नु पर्छ र हल्का ब्रेक पनि लगाइ रहनु राम्रो हुन्छ । 

संयमित हुने, इन्स्योरेन्स कम्पनीलाई  खबर गर्ने

कार डुबी हालेको अवस्थामा सबभन्दा पहिला आफु संयमित हुनुपर्छ । प्रायः सवारीसाधनको फुल इन्स्योरेन्स गरेको हुने हुनाले इन्स्योरेन्स कम्पनीलाई सूचना दिनुपर्छ । कार पानीमा डुबेको समय र पानीको स्तर अनुसार विभिन्न खालको क्षति पुगेको हुनसक्छ ।

आफै चलाउँने प्रयास नगर्ने

पानी घट्यो भन्दैमा आफैं कार स्टार्ट गर्ने मूर्खता कहिले पनि गर्नु हुँदैन । सबैभन्दा पहिला ब्याट्रीको कनेक्सन छुट्याउनु पर्छ । यसो गर्दा इलेक्ट्रीक सर्ट हुने सम्भावना हुँदैन । तुरुन्तै आफ्नो अथोराइज्ड सर्भिस सेन्टरलाई खबर गर्नुपर्छ

आफैं चलाउने प्रयास गरेमा गाडीमा झन् बढी क्षति पुग्नसक्छ । आजकाल कम्पनीका सर्भिस सेन्टरहरूले कुनै पनि समय कुनै पनि स्थानमा सर्भिस दिन हरदम तयारी अवस्थामा रहने गरेका छन् ।

मेकानिक्स वा अथोराइज्ड सर्भिस सेन्टरलाई खबर गर्ने

कार पानीमा डुबेमा इलेक्ट्रीक सिस्टम पूर्णत बिग्रन्छ किनकि इलेक्ट्रीक सिस्टममा पानी परेपछि सर्ट हुने तथा खिया लागेर कनेक्सन टुट्ने हुन्छ । त्यस्तै, पानीले एयरफिल्टर ड्यामेज हुन्छ । कारमा रहेको लुब्रिकेन्ट, ब्रेकआयल, हाइड्रोलिक फ्यूल सबै परिवर्तन गर्नुपर्छ । त्यसैले केहीगरि कार पूर्णमारुपमा पानिमा डुबिहाले तत्काल अथोराइज्ड सर्भिससेन्टर वा मेकानिक्सलाई खबर गर्नुपर्छ ।



image not found