कार मालिक वा चालक दुबैले जान्नु पर्ने १० काम

Not found

काठमाडौं । तपाईं अटो इन्जिनियर हुनुहुन्न भने पनि खासै फरक पर्दैन । तर, यदि तपाईं इन्जिनियर हो भने संभवत यो तपाईंका लागि होइन । किनभने यहाँ आफ्नो गाडीको ख्याल राख्ने १० वटा आधारभुत तरिकाका बारेमा चर्चा गरिएको छ ।

हाम्रो जस्तो देशमा अन्तर्राष्ट्रिय बजारमा कम मूल्यमा पाईने कारसमेत लाखौ रुपैयाँ खर्चेर किन्नु पर्ने अवस्था रहेको छ । यस्तोमा हामीले केही तौर तरिकाका बारे थाहा पाएको खन्डमा सामान्य सचेतनाले धेरै ठूलो आर्थिक क्षति हुनबाट बचाउन सकिन्छ ।

१०. चालक अगाडीको सिसा (विन्ड सिल्ड) धुने वासर ‘फ्ल्युड’को प्रयोग गर्न सिक्नुहोस्


सुरक्षित तवरले गाडी चलाउनका लागि चालकले अगाडीको दृश्य राम्रोसँग देख्नु महत्वपूर्ण हुन्छ । यसका लागि अगाडीको सिसा सफा हुनु आवश्यक हुन्छ । वासर फ्ल्युडको प्रयोगले सिसा सफा राख्न मद्दत पुग्छ । यो खासै गाह्रो काम होइन । यसलाई सिक्दा अत्यन्त राम्रो हुन्छ ।

९. विन्ड सिल्ड वाइपर फेर्न जान्नुहोस् 


सौभाग्यवश यो पनि सजिलै काम हो । यो सजिलै निकाल्न र फेर्न सकिन्छ । वाइपर निकाल्नका लागि सानो बटन थिचे पुग्छ कुनै कुनै गाडीमा भने अड्काइएको अङकुसबाट छुटाउनु पर्ने हुन्छ । जे भए पनि वाइपर निकाल्न भने कुनै कठिनाइ हुँदैन । 

८. इन्जिनको तेल फेर्न जान्दा सजिलै हुन्छ 


गाडीको अर्को महत्वपूर्ण घटक भनेको इन्जिन तेल हो । र, यो जाँच गर्न धेरै सजिलो छ, यदि तपाइंको गाडी इलेक्ट्रीक वा आधुनिक बिएमडब्लु होइन भने । 

तेलको जाँच गर्नु भनेको एक क्षणमै गर्न सकिने काम हो, बस, गाडी तुलनात्मक रुपमा समथर ठाउँमा हुनुपर्छ ।   गाडी भर्खरै पार्क गर्नुभएको छ भने एकछिन कुर्नुस ताकी तेल छचल्कन बन्द होस्् । त्यसपछि ‘डिपस्टिक’ बाहिर निकाल्नुस, सफा कपडाले पुछ्नुस्, फेरी त्यहीँ छिराउनुहोस् र लेभल पढ्न्होस् । यदि तेलले ‘न्युन’ र ‘भरी’को बिचमा भएको सुचना दियो भने मान्नुस सबै ठिक छ । 

यो धेरै हुँदा नराम्रो हुने अवस्था हो । इन्जिन तेल धेरै हुनु र भरी हुनु उत्तिकै नराम्रो हो । त्यसैले यो सुचक बिचमै हुनु जरुरी छ ।

७. तेल भर्न 


इन्जिन तेल कम छ भने सबै चालकले ‘क्र्याङक केस’ भर्न जान्नै पर्छ । सोली ठिक ठाउँमा राख्नुस् र तेल खन्याउनुस् । एकै छिन कुर्नुस् र डिपस्टिक घुसारी लेभल नाप्नुस् । भरी नहोस भनेर बिस्तारै हाल्नुस् । सामान्यत कार इन्जिनका लागि ४ देखी ५ क्र्वाट्स उपयुक्त हुन्छ । तर, यो कारै पिच्छे फरक हुन सक्छ । यसका लागि म्यानुअल पढ्न जरुरी हुन्छ ।

६. टायरको चाप नाप्ने तरिका  


अब तपाईंको कारको यस्तो पुर्जाको बारेमा कुरा गरौं, जसले जहिल्यै भुईंलाई छुन्छ त्यो हो, टायर । सबै  चालकले आफ्नो टायरको चाप नाप्न जान्नै पर्छ ।

यो पनि निकै सजिलो काम छ । ‘भल्भ स्टिम’को बिर्को उर्घानुस् र मापन यन्त्र भित्र छिराउनुस् । यन्त्रलाई राम्ररी छिराउन्स् र हावा दायाँ बाँयाबाट फुस्कन नदिनुस् । हावा फुस्केमा गलत मापन हुने संभावना हुन्छ । 

सामान्य अवस्थामा गाडीको तोकिए बमोजिक चापलाई कायम गर्दा हुन्छ । यो चालकको सिट पट्टी कतै स्टिकरमा उल्लेख गरिएको हुन्छ ।

५. टायर फेर्न 


जगेडा चक्का राख्ने चलन कम हुँदै गए पनि चालकले ‘फ्ल्याट’ टायर फेर्न जान्नु पर्छ । गाडी माथी उठाउन, बिग्रेको टायर झिक्न र जगेडा टायर हाल्न जान्नु महत्वपूर्ण सिप हो । बिशेषगरि त्यस्तो अवस्थामा, जब टायर फ्ल्याट हुन्छ र तपाईंको मोबाइल फोनको पनि सेवा उपलब्ध हुँदैंन ।

अझ टायर लाई बेला बेला अदलबदल गर्न सक्नुभयो भने त बोनस नै भयो । 

४. जम्प स्टार्ट (ब्याट्री चार्ज गर्न)


ब्याट्री ‘डेड’ भएको बेला एकदमै काम लाग्ने सिप हो यो । तर, यसका लागि चार्ज गर्ने तार (केबल) र फुल ब्याट्री चार्ज भएको अर्को कार वा ट्रकको आवश्यकता पर्छ । यसमा ध्यान दिनुपर्ने कुरा भनेको ब्याट्री चार्ज गर्दा पोजेटिभलाई पोजेटिभ र नेगेटिभलाई नेगेटिभसँगै जोड्नुपर्छ । यो उल्टो पर्यो भने धेरै समस्या आउन सक्छन् ।

३. फिल्टर फेर्ने 


ताजा हावा गजबको कुरा हो । मानव जिवनका लागि र कारको इन्जिनको लागि पनि । ताजा हावाको नियमित प्रवाह बिना आन्तरिक दहनको काम हुनै सक्दैन । त्यसैले एयर फिल्टरमा ‘ट्याब’ राख्न जरुरी भएको । 

यसमा फोहोरहरु जम्मा भएमा यसले इन्जिनको स्वभाविक काममा बाधा पु¥याउँछ । तर, खुसीको कुरा केछ भने यो किन्न र फेर्न सजिलै छ । तर, गाडी पिच्छे यसको अवस्थित फरक फरक हुन्छ ।

२. बेल्ट चेक गर्न


सबै चालकले आफ्नो कार वा ट्रकको ‘सर्पेन्टाइन बेल्ट’ चेक गर्न जान्नु पर्छ । यदि बेल्टले धेरै घर्षण र टुटफुट देखाएको छ भने त्यसलाई फेर्नु पर्छ । यो कुनै तहले नछोपेको हुँदा सजिलै हेर्न सकिन्छ । यो आफैं फेर्न सक्नु भनेको बोनस नै हो । तर, ठ्याक्कै ठाउँमा मिलाउन भने दुइवटा सहयोगी हात भयो भने सजिलो हुन्छ ।

१. कुलिङ सिस्टमको जाँच गर्न


सबै चालकले आफ्नो गाडीको कुलिङ सिस्टममा आखाँ डुलाउन सिक्नु पर्छ । यो प्रणालीले प्रचण्ड गर्मी र अत्यन्तै चिसोको पनि सामना गर्नुपर्ने हुँदा यो महत्वपूर्ण हुन्छ । फुलेको, फुटेको वा नली चुहिएको छ–छैन ख्याल राख्नुपर्छ ।



image not found