प्रतिस्पर्धा गर्दा कहिलेकाहिँ धेरै मूल्य घटाएर पनि बेच्नुपर्छ

नेपाल बजारमा अमेरिकन ब्रान्ड फोर्डको गाडीको आधिकारीक वितरक रहेको गोल्छा अर्गनाईजेसनअन्तर्गतको जीओ–फोर्डका प्रबन्ध निर्देशक आकाश गोल्छा आफ्नो व्यवसायमा निकै एग्रेसिभ (आक्रामक) रहेका छन् । सन् २०१० मा नेपाली बजारमा फोर्डका कारहरूको आधिकारिक बिक्री सुरु गरेसँगै उनले आफ्नो व्यवसाय विस्तारका लागि लिएका रणनीति निकै सफल भएको मान्यहरू बजारमा भेटिन्छन् । उसो त उनले जसरी यो ८ वर्षमा नेपाली बजारमा फोर्डका उत्पादनको बिक्री–वितरण गरे त्यसले उनको व्यवसाय विस्तारमा आक्रामक शैलीलाई नै प्रतिबिम्वित गर्छ । बजारमा तरलता संकट, बजेटले अटोमोवाइलमा थप गरेको कर र आफ्नो व्यवसाय विस्तारमा उनले लिएका रणनीतिका विषयमा मेरोअटोले गोल्छासँग गरेको कुराकानीको सारसङ्क्षेपः

नेपालमै सबैभन्दा पुरानो ब्रान्डको रुपमा परिचित, तर बीचमा आफ्नो कमजोर उपस्थिति रहेको फोर्डका सवारीसाधन २०१० बाट नेपाल ल्याएर बिक्री गर्दा कतिको सहज देख्नुभएको थियो ?

फोर्ड भारतीय बजारमा निकै राम्रो परर्फमेन्स गर्न सुरु भएको समयमा यो ब्रान्डलाई हामीले नेपाली बजारमा ल्याएका हौँ । हामीले नेपाली बजारमा ल्याएको पहिलो मोडल फोर्ड फिगो हो । जुन भारतीय बजारमा निकै सफल कारमा पर्छ । त्यसपछि पनि कम्पनीले नयाँ–नयाँ मोडलहरू ल्याई नै रह्यो । फिगोभन्दा पहिला फोर्डले १२०० सीसीको गाडी बनाएकै थिएन । सानो क्षमताको कार भएकाले नेपाली बजार सुहाउँदो थियो । यसलाई हामीले नेपाली बजारमा राम्रै बिक्री गर्न सफल भयो ।

याँ मोडल आउने भएपछि पुरानो गाडी राखिराख्नु व्यावसायिकरुपले फाइदाजनक हुँदैन । यदि यही विषयलाई एग्रेसिभ मान्ने हो भने सबै व्यवसायीले यही नै गर्छन् ।

कम्पनीले त्यसपछि ल्याएको ईको–स्पोर्टले हामीलाई बजारमा निकै राम्रोसँग स्थापित गरिदियो । लामो समयसम्म ईको–स्पोर्टसँग प्रतिस्पर्धा गर्ने अर्को कुनै कम्पनीको कार नै थिएन । भारतमा डिजेल गाडीमा धेरै खर्च गरेको फोर्डले पेट्रोल गाडी उत्पादन नगर्ने हो कि भन्ने हामीलाई चिन्ता थियो । तर, हामीले नेपालमा बिक्री–वितरण सुरु गरेसँगै फोर्डले पनि भारतीय बजारमा पेट्रोल कार उत्पादनलाई प्राथमिकतामा राखेर काम गरेकाले अहिले निकै सजिलो भएको छ । अहिले फोर्डले उत्पादन गरेको ड्रायन सिरिजको इञ्जिनले कारहरू निकै पावरपूmल भएका छन्, जुन नेपाली बाटो सुहाउँदो पनि रहेको छ ।

बजारमा आकाश गोल्छाले लिने रणनीति निकै एग्रेसिभ हुन्छ । नाफा र घाटाभन्दा कति संख्यामा कार बेच्न सकिन्छ भन्ने कुरालाई प्राथमिकतामा राखेर काम गर्छ, भन्छन् नि ?

नाफा र घाटा व्यवसायको एउटा पाटो हो । प्रतिस्पर्धामा बिक्री गर्दा कहिलेकाहिँ धेरै मूल्य घटाएर बेच्नुपर्छ । त्यसमा पनि नयाँ मोडल आउने भएपछि पुरानो गाडी राखिराख्नु व्यावसायिकरुपले फाइदाजनक हुँदैन । यदि यही विषयलाई एग्रेसिभ मान्ने हो भने सबै व्यवसायीले यही नै गर्छन् । अर्को कुरा हामी एकदमै कम मार्जिनमा काम गर्ने कम्पनीमा पर्छौं । यो कुरालाई भारतमा भएको रेट र नेपाली बजारमा हामीले लगाएको रेट हिसाब गरेर पनि हेर्न सकिन्छ ।

सस्तो कम्प्याक्ट एसयूभी ल्याएर ईको–स्पोर्टले नेपाली बजारमा प्रवेश गर्न पाउनुलाई सबैभन्दा सुखद् पक्ष मान्दा हुन्छ ?

पक्कै पनि एसयूभी बिक्रीमा हामीले नयाँ बजार र उचाई पाउन सकेका हौं । सार्वजनिक भएसँगै हामी यो सेग्मेन्टमा बजारको लिडर भएर काम गर्यौं । जब क्रेटा नेपाली बजारमा आयो, त्यसले हामीलाई दोस्रो स्थानमा धकेल्यो । अब नयाँ ईको–स्पोर्ट आएको छ, अहिले हामी यो सेग्मेन्टमा पुनः पहिलो स्थानमा फर्केका छौँ ।

अहिले आएको नयाँ ईको–स्पोर्टको सबैभन्दा ठूलो एड्भान्टेज पावर हो । इन्टेरियरमा निकै परिवर्तन गरिएको छ । यसमा दिइएको सबै कुराहरू अपग्रेड गरिएको छ । सुरक्षाको हिसाबले ६ एयरब्यागसमेत दिइएको छ । त्यसैले प्राइस, क्वालिटी र स्टाइलिस ईको–स्पोर्टको स्टेन्थ हो ।

हुन्डाई आई–२० एक्टीभ, टोयोटा ईटीओस्जस्ता क्रसओभर कारहरू बिक्री–वितरण भइरहेका छन् । ती कारहरूको सबैभन्दा बढी चुनौति भनेको महंगो मूल्य हो । 

नयाँ फिगो कहिलेसम्म बजारमा ल्याउने योजना बनाउनुभएको छ ?

अहिले तुरुन्तै नयाँ फिगोको कुनै प्लान छैन । अहिले बजारमा आइरहेको फिगोको बिक्री बढाउने नै हाम्रो रणनीति रहेको छ । नयाँ फिगो २०१९ मा मात्रै आउनेछ । हामीले नयाँ ल्याएको फ्रिस्टाइलको बिक्रीमा केन्द्रित भएर काम गरिरहेका छौं ।

फ्रिस्टाइलमा के त्यस्तो विशेषता छ, जसले ग्राहकलाई लोभ्याउन सकोस् ?

फ्रिस्टाइल क्रसओभर गाडी हो । बजारमा अन्य पनि क्रसओभर छन् । हुन्डाई आई–२० एक्टीभ, टोयोटा ईटीओस्जस्ता क्रसओभर कारहरू बिक्री–वितरण भइरहेका छन् । ती कारहरूको सबैभन्दा बढी चुनौति भनेको महंगो मूल्य हो । ती गाडीको महंगो मूल्यका कारण क्रसओभर कारका ग्राहकलाई बजार सुहाउँदो फ्रिस्टाइल हुन्छ भन्ने हाम्रो बुझाई हो । हामीले क्रस कार ह्याचब्याकको मूल्यमा बिक्री गरिरहेका छौँ ।

अहिले कतिवटा शोरुम र सर्भिस सेन्टरबाट सेवा दिँदैआउनुभएको छ ?

सबै सहरी क्षेत्रमा हामीले सेवा दिइरहेका छौँ । जहाँ शोरुम छ, त्यहाँ सर्भिस सेन्टर पनि रहेको छ । तर, सबै ठाउँमा ‘स्टेट अफ दी आर्ट शोरुम’ र त्यही लेवलको सर्भिस सेन्टर पुग्न सकेको छैन । ठूलो सिटीबाट क्रमिकरुपमा हामीले काम गर्दैआएका छौँ । सर्भिस सेन्टरका लागि हामीले ट्रेनिङमा कामदारहरूलाई भारत पठाएर दक्ष बनाउने काम गर्दैआएका छौँ । हाम्रो सबै ठाउँका सर्भिस सेन्टरबाट निकै उत्कृष्ट र सर्वसुलभ सेवा दिँदैआएका छौँ ।


Back_to_top