बागमती प्रदेशले उठायो ५ अर्व ५३ करोड सवारी साधन कर, कुन स्थानिय तहले कति पाए (सूचीसहित)

काठमाडौं । केन्द्रीय राजधानीसहितको बागमती प्रदेशले आर्थिक वर्ष २०७६/७७ को साउनदेखि चैत्र मसान्तसम्ममा ५ अर्व ५३ करोड ३५ लाख १ हजार १९७ रुपैयाँ सवारी साधन कार संकलन गरेको छ ।

बागमती प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयले उक्त सवारी साधन कर बाँडफाँड समेत गरिसकेको छ ।

विद्यमान व्यवस्था बमोजिम प्रदेश सरकारले उठाएको सवारी साधन राजस्व केन्द्र सरकारले ६० प्रतिशत पाउछ भने बाँकी ४० प्रतिशत राजस्व प्रदेश भित्रका स्थानिय निकायलाई वितरण गर्ने गरिएको छ ।

यस हिसावले केन्द्र सरकारको खातामा ३ अर्व ३२ करोड १ लाख ७१८ रुपैयाँ आउछ भने २ अर्व २१ करोड ३४ लाख ४८९ रुपैयाँ स्थानिय तहमा बाँडफाँड गरिएको छ ।

यसरी बाँडफाँड भएको रकम सबैभन्दा धेरै काठमाडौं महानगरपालिकाको भागमा परेको छ । काठमाडौं महानगरपालीकाको भागमा २५ करोड ३० लाख ५४ हजार ९३ रुपैयाँ परेको छ ।

यस्तो छ सबै स्थानिय तहले प्रप्त गरेको रकम


Back_to_top