सार्वजनिक यातायातमा सीसी क्यामेरा अनिर्वाय

काठमाडौं । सार्वजनिक सवारी साधनमा अनिर्वाय रुपमा सीसी क्यामेरा जडान गर्नु पर्ने भएको छ । प्रदेश ३ सरकारले ल्याएको प्रदेश सवारी तथा यातायात सम्बन्धी व्यवस्था ऐन २०७५ ले यस्तो व्यवस्था गरेको हो ।

सार्वजनिक यातायातमा हुने बिभिन्न किसिमका अपराध नियन्त्रण गर्न र लैङ्गिक हिंसा अन्त्य गर्न ऐनमा यस्तो व्यवस्था गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । 

यसअघि साझालगायतका केही सार्वजनिक यातायातमा सीसी क्यामेरा जडान भएको थियो भने अब सबै सार्वजनिक सवारी साधनमा सीसी क्यामेरा राख्नु पर्ने भएको हो ।

साथै, नयाँ ऐनमा सिट आरक्षण हुनु पर्ने, हराएका सामान फिर्ता गर्नु पर्ने, चालकसँग गाडी चलाई रहेको समयमा कुरा गर्न नहुने, कुनै पनि यात्रुलाई बोक्न इन्कार गर्न नपाईने जस्ता व्यवस्था गरिएको छ ।    


Back_to_top