१५० सीसी सेग्मेन्टकै स्टाइलिस मोटरसाइकल, यस्तो छ मूल्य

काठमाडौं । नेपाली बजारमा चिनियाँ मोटरसाइकल निर्माता कम्पनी सीएफ मोटोका बाइकले युवाहरुको मन जित्दै गइरहेको छ । गत आर्थिक बर्ष २०७५/७६ को १० महिनामा ४५० भन्दा धेरै यूनिट सिएफ मोटोका मोटरसाइकल बिक्री भएको तथ्यांक छ ।

यसले नेपाली बजारमा सीएफ मोटोको बजार हिस्सा बढ्दै गएको पुष्टी गर्छ । सीएफ मोटोको नेकेड स्ट्रीट फाइटर बाइक अहिले बजारमा अत्याधिक रुचाईएको बाइक हो । उक्त बाइकले नेपाली बजारमा केटीएमसँग प्रतिस्पर्धा गरिरहेको छ ।

केटीएम इन्टरनेशनल ट्रेनिङ्गले सीएफ मोटोको १५० एनके, २५० एनके, ४०० एनके, ६५० एनके, ४०० जीटी, ६५० एमटीजस्ता मोटरसाइकल बिक्री गर्दै आइरहेको छ ।

एनके परिवारको सबैभन्दा सानो मोटरसाइकल १५० एनके रहेको छ । यसमा १४९ सीसी सिगंल सिलिन्डर, लिक्वीड कूल्ड इएफआई इन्जिन रहेको छ । यो इन्जिनले ९००० आरपीएम १४ बीएच पावर तथा १२.२ एनएम टर्क जेनेरेट गर्छ । ६ स्पीडको ट्रान्समिसन रहेको यो बाइक १० लिटरको क्षमताको फ्यूल ट्याङ्क रहेको छ ।

यो मोटरसाइकलको लम्वाई २०२५ एमएम, चौडाई ७७० एमएम, उचाई १०७० एमएम र यसको ह्वीलवेस १३६० एमएमको रहेको छ । यसको बनावटको आधारमा यो मोटरसाइकल हाइवे तथा सहरी क्षेत्र दुवैका लागि उत्कृष्ट रहेको छ ।

यस मोटरसाइकलमा सुरक्षालाई मध्यनजर गर्दै फ्रन्टमा २९२ एमएमको ट्वीन पिस्टन क्यालीपर र रियरमा २२० एमएमको सिगंल पिस्टन क्यालीपर ब्रेक दिइएको छ । १५० एनकेको फ्रन्टमा यूएसडी टेलिस्कोप फ्रर्क र रियरमा सिगंल मोनेशक रहेको छ ।

आर्कषक सार्प लुक्स भएको यो बाइकमा एग्रेशिफ हेडल्याम्प, दुई पिस सिट, लो पोजिनश राइडर सिट, स्पोर्टस तथा इकोनोमी राइडीङ अप्सन, एलइडी टेलल्याम्प, ४० किलोमिटर माइलेज जस्ता बिशेषत रहेको छ । यो बाइकको मूल्य नेपाली बजारमा ३ लाख २१ हजार रुपैयाँ रहेको छ ।


Back_to_top