बौद्धका स्थानिय तथा व्यापारी सडकमा, कालोपत्रे नभएसम्म सवारी चल्न नदिने

Not found

काठमाडौं । चुच्चेपाटी–बौद्ध–जोरपाटी सडक खण्डमा अत्याधिक धुलो उडेको र समयमै सडक नबनेको भन्दै स्थानियले बाटो बन्द गरेका छन् । स्थानियले छिटो बाटो पिच गर्न माग गर्दै स्वतस्फूर्तरुपमा अनिश्चितकालीन आन्दोलन सुरु गरेका छन् ।

बौद्ध व्यापार संघको आयोजनामा बिहीबारबाट सुरु गरिएको दबावमूलक विरोध कार्यक्रम सडक पिच नभएसम्म जारी राख्ने स्थानियले बताएका छन् । उनीहरुले समयमा काम नसक्ने ठेकदारलाई कारवाही गर्नुपर्ने माग समेत गरेका छन् ।

स्थानियले सडकमा रादिएका ढल, पोल तेर्स्याएर बाटो अबरुद्ध गरेका हुन् । प्रहरीले स्थानियले बाटोमा राखेको अबरोध हटाएको भएपनि सवारी आवागमन भने प्रभावित भएको छ । 

लामो समयदेखि सडक मर्मत नहुँदा बौद्ध स्तुपा अगाडिको सडकमा हिँडडुल गर्न समस्या छ । सो सडकमा घाम लागेका बेला धुलो उड्ने र पानी परेका बेला हिलो भएर स्थानियले हैरानी बेहोर्नु परेको छ । यसबाट सडक किनारका बासिन्दा र व्यापारीहरु सबैभन्दा बढी प्रभावित भएका छन् । 

सडक कालोपत्रे नहुँदा धुलो उडेर स्थानियको स्वास्थ्यमा समेत प्रभाव परेकाले बाटो कालोपत्रे नहुन्जेल बिरोधका कार्यक्रम जारी रहने उनीहरुको भनाइ छ । 



image not found