जेठबाट गौशाला र चाबहिलमा जाम हटाउने यस्तो छ तयारी

काठमाडौं । महानगरिय ट्राफिक प्रहरी महाशाखाले चाँडै गौशाला र चाबहिलको जाम हटाउन काम सुरु गरेको जनाएको छ । पछिल्लो समय एयरर्पाेट हुँदै गौशाला, चाबहिलदेखि सुकेधारा सडकखन्डमा जाम बढ्दै गएकाले त्यसलाई कम गर्न ट्राफिक प्रहरीले जाम हटाउने लक्ष्यसहित गौशाला र चाबहिलमा ‘पिक एण्ड ड्रप’ लागु गर्ने योजना बनाएको हो । 

महानगरी ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता जयराज सापकोटाका अनुसार जेठको पहिलो साताबाटै चाबहिल र गौशलामा ‘पिक एण्ड ड्रप’ लागु गरिने गरि काम भइरहेको छ । 

‘हामी अध्ययनका क्रममा छाैँ, जेठको पहिलो हप्तासम्म यो लागु गरिन्छ,’ सापकोटाले मेरोअटोसँग भने । 

हाल काठमाडौं महानगरपालिका, यातायात विभाग र ट्राफिक महाशाखाको सहकार्यमा गौशाला र चाबहिलको जाम हटाउने तयारी भइरहेको उनले जानकारी दिए । 

उनका अनुसार पछिल्लो समय चाबहिल र गौशालामा कति सवारी गुड्छन् र कहाँ कहाँ स्टप राख्न सकिन्छ त्यो अध्ययन भइरहेको छ । 

केही समय अगाडि कोटेश्वर र कलंकीमा पिक एण्ड ड्रप लागु गरिको छ । पिक एण्ड ड्रप लागु गरिए लगतै सो क्षेत्रको जाम न्यून हुँदै गएको उनले जानकारी दिए । 


Back_to_top