मोटरसाइकलमा पछाडि बस्नेलाई हेलमेट अनिवार्य, ऐनमै व्यवस्था हुने

Not found

काठमाडौं । मोटरसाइकलको पछाडी बस्नेले पनि अनिवार्य रुपमा हेलमेट लगाउनु पर्ने भएको छ । महानगरीय ट्राफिक महाशाखाले मोटरसाइकलको पछाडि बस्नेलाई पनि हेलमेट लगाउनै पर्ने व्यवस्था गर्न लागेको हो । 

महाशाखा प्रमुख एसएसपी वसन्तकुमार पन्तले पत्रकार सम्मेलन गरेर सवारी दुर्घटना न्यूनिकरणका लागि यो व्यवस्था लागू गर्न लागिएको जानकारी गराएका हुन् । उनका अनुसार पछिल्लो समय दुई पांग्रे सवारीका कारण दुर्घटनाको हुने क्रम बढी छ ।

नयाँ सवारी ऐन आउन लागेकाले उक्त एनेमा मोटरसाइकलको पछाडि बस्नेले हेलमेट अनिवार्य लगाउनु पर्ने व्यवस्था गर्न लागिएको उनले बताए । हेलमेटको गुणस्तरका विषयमा समेत कानुनी व्यवस्था गर्न लागिएको छ । हेलमटे आईएसओ मान्यता प्राप्त मात्र प्रयोग गर्नुपर्ने नियममा उल्लेख हुनेछ । 

सोही अवसमा उनले ट्राफिक कारबाहीमा परेका व्यक्तिको सहजताका लागि अनलाइन पेमेन्ट सेवाको पनि सुरुवात् गर्न लागिएको बताए । सवारी दुर्घटना न्यूनिकरण गर्न ट्राफिक प्रहरीले भएका कानुन कार्यान्वयन र नयाँ परिस्थिति अनुसार कानुन बन्ने क्रममा रहेको उनको भनाई छ । 



image not found