क्रेटा स्पोर्ट भेरियन्ट भारतमा सार्वजनिक, यस्तो छ मूल्य

हुन्डाई मोटर्सले आफ्नो चर्चित एसयूभीको स्पोर्ट मोडल भारतीय बजारमा सार्वजनिक गरेको छ । भारतीय बजारमा गाडी बिक्रीमा आएको लगाताको गिरावट र अन्य कम्पनीले नयाँ नयाँ मोडल ल्याउन सुरु गरेसँगै कम्पनीले स्पोर्ट मोडल भारतमा ल्याएको हो ।

कम्पनीले २०२० को अटो एक्सपोमा भने अल न्यू क्रेटा सार्वजनिक गर्ने अनुमान गरिएको छ । तर त्यो भन्दा पहिले कम्पनीले क्रेटाको स्पोर्ट भर्सन सार्वजनिक गरेको हो । 

कम्पनीले स्पोर्ट मोडललाई १.६ लिटर पेट्रोल र १.६ लिटर डिजेल भेरियन्टमा ल्याएको छ । पेट्रोल भेरियन्टको मूल्य १२ लाख ७८ हजार भारतीय रुपैयाँ तोकिएको छ भने, डिजेल भेरियन्टको १४ लाख १३ हजार भारतीय रुपैयाँ तोकेको छ । दुबै भेरियन्टमा म्यानुयल ट्रान्समिसन दिइएको छ ।  

क्रेटा स्पोर्टमा नयाँ ब्लूमिडिया इन्फोटेनमेन्ट सिस्टम दिइएको छ जसले डिजिटल टिभी, एन्ड्रोइड अटो, एप्पल कारप्ले जस्ता फिचर सपोर्ट गर्ने बताइएको छ । 

क्रेटाको एक्स्टेरियमा निकै फरक पन पाउन सकिन्छ । प्रजेक्टर हेडल्याम्प, सिल्भर कलर रुफ रेल, स्कीड प्लेट, डियुल एग्जस्ट फिनिस, रियर स्पोइलर जस्ता फिचर यसमा रहेको छ ।

इन्टेरियर अल व्ल्याक कलरमा सजाईएको छ । व्ल्याक फेब्रिक सिट, लेदरले र्याप गरिएको स्टेरिङ, कन्ट्राक्ट स्टीचिङ, सिल्भर कलर एसी भेन्ट दिइएको छ । अटोमेटीक क्लाइमेट कन्ट्रोल, हाईट एड्जस्टेवल ड्राइभर सिटजस्ता विषेशता क्रेटा स्पोर्टमा पाउन सकिन्छ ।


Back_to_top