हुलासकाे इलेक्ट्रीक कार दशैंपछि काठमाडौंमा, कति पर्ला मूल्य

Not found

काठमाडौं । हुलास मोटर्सले नेपालमै उत्पादन गरिरहेको कार परिक्षण सुरु भएको छ । कम्पनी स्रोतका अनुसार अहिले विराटनगर वरपर परिक्षण भइरहेको यो कार त्यहाँको परिक्षण पुरागरि काठमाडौंसम्म ल्याउने तयारी भइरहेको छ ।

‘स्थानीय परिक्षण पुरा गरेपछि मात्रै काठमाडौंमा कार ल्याउने तयारी भइरहेको र अहिलेसम्मको परिषणलाई आधार मान्य हो भने दशैंपछि काठमाडौं ल्याउन सकिने छ’ कम्पनी स्रोतले मेरोअटोसँग भन्यो ।  

हुलास मोटर्स नेपालको पहिलो गाडी उत्पादक कम्पनी हो । कम्पनीले मुस्ताङ ब्राण्डमा गाडी बनाउदै आएको थियो । २०६९ सालमा नेपाल इमिशन स्टायडर्ड ३ लागु भएसँगै उत्पादन बन्द भएको थियो । अब भने कम्पनीले इलेक्ट्रीक कारको नाम ‘दा भिन्ची’ उत्पादनमा लागेको जनाएको छ । साथै कम्पनीले इलेक्ट्रीक रिक्सासमेत उत्पादन गर्दै आएको छ । 

यस्ता छन् विशेषता

कम्पनीका अनुसार इलेक्ट्रीक कार नेपालको मध्यम वर्ग लक्षित गरेर निर्माण गरिएको छ, जसलाई मध्यम आए भएका परिवारले सहजै खरिद गर्न सक्ने छन् । यस कारमा रहेका फिचरहरु मूल्यभन्दा निकै उत्कृष्ट रहने कम्पनीले दाबी गरेको छ । 

यो कार निकै सुन्दर कम्प्याक्ट र चलाउन असाध्यै सजिलो हुनेछ । कारमा गियर हुने छैन भने काठमाडौंको व्यस्थ ट्राफिकमा पनि चलाउन सहज हुनेछ । कार वातानकुलीत हुनेछ जसलाई चलाएर हिड्न जाडो वा गर्मी दुबै मौसममा आरामदायी हुनेछ ।

प्रतिघन्टा ६५ किलोमिटरको गतिमा चलाउन सकिने यो कार सहरी क्षेत्रमा दैनिक कार्य गर्न पर्याप्त रहने छ । साथै कारमा दिइएको व्याट्रीलाई एक पटक फुल चार्जगर्दा १ सय ७० किलोमिटरसम्मको यात्रा तय गर्न सकिने कम्पनीले जनाएको छ । यसलाई घरको सामान्य प्लगमा जोडर चार्जगर्दा फुल चार्ज हुन ८ देखि १० घण्टासम्म लाग्नेछ । 

कारमा आधुनिक फिचर दिइएको छ । पावर स्टेरिङ्ग, पावर ब्रेकिङ सिस्टम, पावर विण्डो तथा सेन्ट्रल लकिङ्ग सिस्टमजस्ता फिचरले कारलाई निकै मोर्डन बनाउने छ । 

कार व्याकगर्दा सहज होस् भनेर कारमा रियर क्यामरा र रियस सेन्सर जस्ता फिचर दिइएको छ । आज भोलिका कारमा टचस्कृन भएन भने ड्यासबोर्ड खाली जस्तै देखिन्छ । त्यसैले यसलाई पुरा गर्न कम्पनीले ७ इन्चको इन्फोटेन्मेन्ट सिस्टम दिइने छ । यो कार २० डिग्रीको उकालोमा सजिलै चढ्न सक्ने छ । 

नेपालको बाटोको अवस्थालाई मध्यनजर राख्दै तयार गरिएको यो कारमा १ सय ८० एमएमको ग्राउण्ड क्लियरेन्स रहने जनाइएको छ । यो ग्राउन्ड क्लियरेन्स इलेक्ट्रीक कारमा उत्कृष्ट हो । 

पाँच जना यात्रुको बस्ने सीट रहेको यो कारको तौल ८ सय केजी रहने कम्पनीले जनाएको छ । यसको मूल्य १५ देखि २० लाख भित्रै रहने कम्पनीले जनाएको छ ।



image not found