दशैंमा माेटरसाइकल किन्दै हुनुहुन्छ ? यस्ता छन् मूख्य कम्पनीको आकर्षक छुट

Not found

काठमाडौं । पछिल्लो समय मोटरसाइकल चढ्ने मानिसको संख्या ह्वात्तै बढेको छ । मोटरसाइकल छनौटमा निक्कै चुजी बन्ने युवापुस्ता माझ मोटरसाइकल अझै लोकप्रिय बनेको छ । सबै बर्ग र उमेर समूहको रोजाइमा पर्ने भएकाले पनि नेपालमा मोटरसाइकल व्यापार बढ्दै गएको हो ।

उपभोक्ताको चुजी स्वभावलाई मध्यनजर गर्दै दुईपाँग्रे बजारमा आकर्षक विशेषता, लुक्स र डिजाइनका मोटरसाइकल उत्पादन तथा बिक्री हुँदै आएका छन् । मोटरसाइकल शौखिन उपभोक्तालाई मध्यनजर गरेर चाडपर्वको मौकामा आकर्षक छुट, बम्पर उपहार लगायतका योजना सार्वजनिक गर्ने गर्छन् ।  यसैबीच, दुइपाँग्रे कम्पनीले आउँदै गरेको दशैं, तिहार, छठपर्वलाई केन्द्रमा राखेर आकर्षक छुटसहित ग्राहकको मन जित्न कुनै कसर बाँकी छोडेका छैनन् ।  

बजाजको ‘भविष्यवाणी’


बजाज ल्याएको ‘भविष्यवाणी’ योजना अन्तर्गत मोटरसाइकल किन्नुअघि नै ग्राहकले आफुले कति नगद जितेको छु भन्ने थाहा पाउने छन् । ‘अब कति जितिन्छ, पहिल्यै देखिन्छ’ ट्यागलाइन सहित आएको यस अफर योजनामा ग्राहकले मोटरसाइकल किन्नुअघि नै  एक लाख रुपैयाँसम्म नगद जित्न सक्ने छन् । भने बाइक किनिसकेपछि पनि १ लाख रुपैयाँसम्म जित्न सक्ने कम्पनीले जनाएको छ ।

यामाहा भिक्ट्री


यामाहाले नयाँ ग्राहक योजना अन्तर्गत आफ्ना जुनुसुकै मोटरसाइकल तथा  स्कुटरको खरिदमा स्क्राच कार्डमार्फत सात हजारदेखि एक लाख रुपैयाँ छुट दिइरहेको छ । 

कम्पनीले ‘भिक्ट्री’ अफर अन्तर्गत मोटरसाइकल तथा स्कुटर खरिदकर्ता मध्येबाट लक्की ड्र गरि एक जनालाई  हरेक दिन एक लाख नगद प्रदान गर्ने जनाएको छ । यस्तै, लक्की ड्र मार्फत नै सातामा एकजनालाई आइफोन एक्सएस दिइने कम्पनीले जनाएको छ ।

टीभीएसको दशैं दौड


टीभीएस मोटरसाइकल तथा स्कुटरको आधिकारीक वितरक जगदम्वा मोटर्सले दशैंको दौड नामक अफर संचालन गरिरहेको छ । यस योजना अन्तर्गत ग्राहकले टीभीसको मोटरसाइकल तथा स्कुटर खरिद गर्दा नगद छुट तथा विभिन्न एशोसरिजहरु प्राप्त गर्न सक्नेछन् ।

चाडपर्वमा होन्डाको आकर्षक अफर


होन्डाले चाडपर्वलाई मध्यनजर गर्दै मोटरसाइकल तथा स्कुटरको खरिदमा स्क्र्याच कार्ड मार्फत १ लाख रुपैयाँसम्म नगद छुट र ४ हजार ५०० रुपैयाँ बराबरको ५ वर्षसम्मको लागि सर्भिस कुपन दिने भएको छ  । साथै, कम्पनीले ठूला मोटरसाइकलमा भने ३० हजारसम्मको नगद छुट दिने जनाएको छ ।

यसरी मोटरसाइकल किन्नेहरु मध्यबाट हरेक हप्ता लक्की ड्र मार्फत १० लाखसम्मको नगद पुरस्कार र २०० जनालाई १० लाखसम्मको दुर्घटना बीमा र २ जनालाई थाइल्याण्ड घुम्ने अवसर प्रदान गर्न लागिएको कम्पनीले जनाएको छ ।

चाडपर्वमा हिरोको यस्तो अफर


हिरोले चाडपर्वलाई लक्षित गर्दै रातो टिका निधारमा नयाँ हिरो घर घरमा नामको आकर्षक अफर ल्याएको छ । योजना अनुसार स्क्र्याच कार्ड मार्फत बाइक तथा स्कुटर खरिद कर्तामध्ये भाग्यशाली ग्राहकलाई १ लाख क्यास जित्न सक्ने छन् । जुनसुकै मोटरसाइकल तथा स्कुटरमा न्युनतम पाँच हजारसम्म छुट दिने कम्पनीले जनाएको छ ।

दशैंमा सुजुकीको चचहुइई


सुजुकीको चचहुइई अफर अन्तर्गत जुनसुकै बाइक खरिदमा बम्पर अफर प्रदान गर्ने भएको छ । बम्पर अफरमा सुजुकी जिक्सर एसएफ जित्ने मौका राखिएको कम्पनीले जनाएको छ । साथै, कम्पनीले स्योर सट अफर अन्तर्गत १० हजारसम्म जित्ने मौका ल्याएको छ । 



image not found