डाट्सनका कार दशैंमा किन्नेलाई ३ लाख बराबरको छुट (मूल्यसहित)

काठमाडौं । जापानी कार उत्पादक कम्पनी निसानको बजेट कार ब्राण्ड डाट्सनका उत्पादन नेपाली बजारमा बिगत ५ वर्षदेखि बिक्री वितरण हुँदै आइरहेको छ । उक्त ब्राण्डका कार बजारमा पायोनियर मोटो कर्पले बिक्री वितरण गर्दै आएको हो ।

कम्पनीले डाट्सनको रेडी गो र न्यू गोको विभिन्न ५ भेरियन्ट बिक्री वितरण गर्दै आएको छ । रेडी गो नेपाली बजारमा बिक्री हुने सबैभन्दा सस्तो मध्यको एक मोडल समेत हो । कम्पनीले यसको मूल्य १९ लाख ९९ हजार रुपैयाँ तोकेको छ ।

सबैभन्दा कम मूल्यको रेडी गोमा ७९९ सीसी क्षमताको इन्जिन दिइएको छ भने १.० लिटर ९९९ सीसी इन्जिन भएको रेडी गोको मूल्य २१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । 

कम्पनीले बिक्री गर्दै आएको न्यू गो तीन भेरियन्टमा उपलब्ध रहेको छ । यसमा ११९८ सीसी क्षमताको इन्जिन दिइएको छ । न्यू गो ए अप्सनलको मूल्य २५ लाख ९९ हजार, न्यू गो टी भेरियन्टको मूल्य २६ लाख ९९ हजार र न्यू गो टी अप्सनलको मूल्य २७ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

दशैंमा कस्तो अफर 

पायोनियर मोटो कर्पले दशैं–तिहार र छठ पर्वसम्म गाडी किन्ने ग्राहकलाई मध्यनजर गर्दै विशेष नगद छुटको अफर ल्याएको छ । कम्पनीले रेडी गो मोडलमा १ लाख २५ हजार रुपैयाँदेखि १ लाख ५० हजारसम्म नगद छुट दिने भएको छ । जुन ७९९ र ९९९ सीसीको कारमा फरक हो ।

त्यसैगरी चाडपर्वमा गाडी किन्ने ग्राहकलाई कम्पनीले ९० हजार रुपैयाँ बराबरको एसोसरीज र दशैं अफर भन्दै २० हजार नगद वा एक सेट मोवाइल फोन दिने जनाएको छ । एसोसरीजमा अलोय ह्वीलसमेत हुनेछ । साथै १५ हजार बराबरको लोयल्टी बोनस, एक वर्षको सवारी कर, बीमाजस्ता सुविधा उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

त्यस्तै कम्पनीले न्यू गो मोडलमा १ लाख ७५ हजार नगद छुट, २० हजार रुपैयाँ वा नयाँ मोवाइल फोन, १५ हजार रुपैयाँको लोयल्टी बोनस, ९० हजारसम्मको एसोसरीज, एक वर्षको सवारीसाधन कर, बीमालगायतको अफर दिएको छ । 


Back_to_top