ट्राफिक नियम मिच्दा डेभिड बेकह्यामले ६ महिना गाडी चलाउन नपाउने

Not found

ट्राफिक नियम पालना गर्नु हरेक चालकको कर्तव्य हो । नियम पालना नभएमा ट्राफिक प्रहरीले कारबाही गर्छ, सबै चालकलाई समान रुपमा । यस्तै भएको छ बेलायतका पूर्व चर्चित स्टार फुटबलर डेभिड बेकह्यामलाई । 

बेकह्यामले सवारी चलाई रहेका बेला मोबाइल प्रयोग गरेकाले उनलाई ६ महिना सवारी चलाउन प्रतिबन्ध लगाइएको छ । बेलायतको राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान डेभिडले गत नोभेम्बर २१ मा लन्डनमा गाडी चलाई रहेका बेला मोबाइल चलाएका थिए । 

साउथ लन्डनको ब्रुम म्याजिस्टिक कोर्टले गतसाता उनलाई ट्राफिक नियम उल्लंघन गरेको ठहर सहित ६ महिना सवारी चलाउन प्रतिबन्ध र ७ सय ५० पाउन्ड जरिवाना तोकेको हो । उनलाई उक्त जरिवाना ७ दिन भित्र बुझाउन अदालतले आदेश दिएको छ ।



image not found